सुनका गहना नलगाउन आग्रह

सुनको गहना लगाएकै का’रण स्कुले बालिकाको ह’त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाइदिन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङकी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्र’ममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण ज्या’न गुमा’उनु परेको प्रहरीको ठम्याइ छ ।

यही मङ्सिर २१ गते उनको मुद्राको ला’लचमा ह’त्या भएपछि यस्ता घ’टना रोक्न रसुवा प्रहरीले गहना पहि’रन गर्ने वा गराउने कार्य न्यूनी’करण गर्ने अभियान शुरू गरेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपरा’धिक घट’ना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहि’रन नलगाउने, अपरि’चित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता खानेकुरा नखान उनीहरूलाई सचेत गराउने अ’भियान थालिएको छ ।

पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने गर्न पनि आ’ग्रह गरिएको उनले बताए । कोभिड–१९ को समस्या स’माधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जान’कारी दिए ।

ठूला मान्छेले पनि सकभर गरग’हना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुर’क्षित त’वरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ । ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अप’रिचित व्यक्तिबाट अपह’रणमा परेकी थिइन ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले ती बालिकालाई चाउचाउ दिएर फकाइ अपह’रण नागर्दुङ ओढारमा लगि बालिकाको ह’त्या गरी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बया’नबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जान’कारी दिए ।

तामाङलाई स्थानीय बासिन्दाको सह’योगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गते नि’यन्त्रणमा लिएको थियो । प्रहरी निय’न्त्रणमा रहेकी आ’रोपितबारे थप अनुस’न्धान भइरहेको छ । एक होटलबाट निय’न्त्रणमा लिएको भोलिपल्ट बालिकाको श’व प्रहरी र स्थानीय बासिन्दाको टोलीले ओढा’रमा फेला पारेको प्रहरीले जनाएको छ ।-खबर हबबाट

प्रतिकृया दिनुहोस्