हुँवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फेरि एक नर्ससहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित एक जना नर्स बालरोग विभागमा कार्यरत हुनुहुन्छ।
प्रतिष्ठानमा कार्यरत चारजना नर्समा संक्रमण पुष्टि भएकोले कन्ट्याक ट्रेसिङ गर्दा थप एक नर्सको पनि स्वाब संकलन गरिएको थियोे ।
प्रवक्ता डा.निदेश सापकोटाले प्रसुती विभागको एन्टिनेटल वार्डमा उपचार गराउन आएकी २९ बर्षीय गर्भवती महिला र पाठेघर अप्रेशन गर्न आएकी ३५ बर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
गर्भवती महिलालाई श्वास फेर्न गाह्रो भएर भर्ना हुनुभएको थियो। दुवैको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको छ।