प्रकाश सुवेदीले हलुका रुपमा माफी मागेकोमा पूजा शर्मा परिन् ‘अचम्मित

आफूलाई टे’लिभिजन कार्य’क्रममार्फत अपमा’नजनक शैलीमा होच्याएको भन्दै कलाकार पूजा शर्माले पत्रकार प्रकाश सुवे’दीविरुद्ध उजुरी दिएकी छिन् ।

आफ्नो मान’हानी भएको भन्दै आइ’तवार उनले चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायत संघसं’स्थामा सुवेदीविरुद्ध उजुरी दिएकी हुन् ।पत्रकार सुवेदीको शै’लीलाई लिएर अन्य कलाकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि विरोध जनाएका छन् ।

पूजाले आ’फूविरुद्ध उजुरी दिएपछि पत्रकार प्रकाश सुवे’दीले एपीवान टेलिभिजनबाट प्रसारण भएको कार्यक्र’ममार्फत आइतवार माफी मागेका छन् । उनले आफूले गल्ती भएको स्वी’कार्दै केही शब्द चयन गर्दा चिप्लिएको र अब शब्द चयनमा ख्याल गर्ने बताएका छन् ।

उनले घरमा सधै यसरी बोल्ने र फिल्म क्षेत्रलाई पनि प’रिवार सम्झँदै यस्तो बोलेको बताएका छन् ।

पूजा शर्माले भने पत्रकार सुवेदीले गम्भीर विषय’लाई हल्का रुपमा लिएर माफी मागेकोमा आफू ‘अचम्मित’ भएको प्रतिक्रिया दिएकी छिन् । उनले सामाजिक स’ञ्जालमार्फत एक टिप्पणी गर्दै हलुका टिप्पणीसहित मागिएको माफीले आफूहरुलाई अच’म्मित तुल्याएको बताएकी छिन्

प्रतिकृया दिनुहोस्