आदि र अ’न्तका देवता भनेर चिनिने भग’वान शिवको न त कुनै स्वरुप छ न आकार । उनलाई सा’क्षात निरा’कार मान्ने गरिन्छ । आदि र अन्त नभएको कारण नै भगवान शिलाई निरा’कारुप मान्ने गरिन्छ । साथै उनको सा’कार शंकरको रुपमा उनलाई पूजा गरिन्छ ।
किन भगवान शिव’लाई यहि रुपमा पूजा गरिन्छ ?
यो प्रश्न तपाईको मनमा पक्कै उठेको होला ।कि, किन भगवान शिवलाई निराकार लि’ङ्गको रुपमा पुजा गरिन्छ ।
लि’ङ्गको रुपमा पूजा गर्दा सारा व्रह्माण्डको पूजा हुन्छ । किनभने संसारको मूल का’रण नै महादेवलाई मान्ने गरिन्छ । त्यति मात्रै होइन,भगवान शिवको मूर्ति तथा लि’ङ्ग दुबै रुपमा नै मानिसहरु अत्या’धिक श्रद्धा र विश्वासका साथ पूजा गर्दछन् । शिवको अर्थ परम कल्या’णकारी भन्ने हुन्छ । र लि’ङ्गको अर्थ हुन्छ, श्रृजन ।यसैबाट शिवको स्वरुप अवगत भएर शिव’लिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।
के छ वेदमा ?
तपाईलाई जानकारी गराऔँ कि, वेद र वेदान्तमा लि’ङ्ग शब्द सुक्ष्म शरीरको लागि उपयोगमा आउँछ ।यो सुक्ष्म शरीर १७ तत्वबाट बनेको हुन्छ । त्यो तत्व हो, मन, वुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच क’र्मेन्द्रिय र पाँच वायु । दोश्रो तर्फ वायु पुराणलाई मान्ने हो भनेप्रलयकालको बेला जब सारा श्रृष्टि लीन हुन लागेको बेला र फेरी श्रृष्टिकालमा प्रकट हुने बेलालाई लि’ङ्ग भन्ने गरिन्छ ।
पौराणिक कथा
समुन्द्र मन्थका बेला निस्किएको वि’षबाट सारा विश्व ध्वस्त हुन लागेपछि भगवान शिवले सबै विष पान गरेका थिए । त्यसैकारणले उनको नाम नीलकण्ठ भएको थियो । त्यस्तै महादेवले पान गरेको विषले उनको शरीरमा ताप’क्रम बढ्दै गएको थियो । त्यहि तापक्रम कम गर्नको लागि शिवलि’ङ्गमा जल चढाइने गरिन्छ । उक्त परम्परा आज पनि जारी नै रहेको छ ।
शिवमहापुराणका अनुसार
जब संसारका कर्ता धर्ता विष्णुले श्रृष्टिका रच’यिता व्रह्मासँग मिलेर भगवान शिवसँग प्रश्न गर्दछन्, तपाई कसरी खुशी हुनुहुन्छ रु तयसको उत्तरमा शिवले भन्छन्, यदि मलाई खुशी बनाउन चाहानेले शिव’लिङ्गको पूजा अवश्य गर्नुहोस् ।
त्यति मात्रै होइन,कुनै पनि प्रकारको समस्या नओओस् भन्नेले जल चढाएर शिवलि’ङ्गको पूजा गरेमा कुनै पनि सम’स्याले सताउने छैन । एजेन्सीको सहयोगमा