सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा प्रकाश सपुतको फुटेका चुरा’(भिडियो सहित)

सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्ले’को छ । सोमबार साँझ सा’र्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ ।

गायक प्रकाश सपुत र गायिका अनिता चला’उनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक स’पुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अ’भिनय छ । गीतमा गायक स’पुतकै शब्द र सङ्गीत छ । भिडियोको नि’र्देशन पनि सपुत आफैँले गर्नुभएको छ । गायक सपुतको आफ्नै युट्युब च्यान’लबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्र’तिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन् ।

कुनै एक देशको रानी युद्ध’कला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आ’कर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो नि’र्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीच’बीचमा काव्य वा’चनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सु’नाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको सा’ङ्गीतिक समारोहमा नाचि’रहेका सिपा’हीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डब’लीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नज’रको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् ।

मन्त्रीलाई बोलाएर उप’चारका लागि वैद्यलाई देखाउन आ’देश दिन्छिन् । घा’इते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घो’षणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथा’लाई अर्को गीतमा जोड्ने गायक सपुतले बता’उनुभयो ।

“गीतको परिक’ल्पनादेखि दृश्य नि’र्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भन्नुभयो, “राम्रो प्रति’क्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइ’दिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहि’लोपटक सह’कार्य गर्नुभएको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुतको गत तीजमा सार्वज’निक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्था’नमा उक्लेको थियो । त्यसअघि उहाँका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वा’धिक सफल रहे ।

गत वर्ष सार्व’जनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभ_न्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उ’त्तिकै पोख्त हुनुहुन्छ । गायक सपुत चलचित्र प्रदेशी–२ मा नाय’कका रूपमा देखिदै हुनुहुन्छ । चलचित्रको अहिले छा’याङ्कन भइरहेको छ ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्