झापाका सा’माजिक अभि’यन्ता तथा प्रखर वक्ता रमेश प्रसाईले विबाहको मिति तय गरेका छन् । धाराप्रवाह बोल्न सक्ने क्षम’ताका कारण सबैको मन जित्न सफल स्प’ष्ट वक्ता प्रसाईले कालीकोटकी नन्दा सिंहसँग मंसिरको २२ गते विबाह गर्ने तया’री गरेको ओएस नेपालसँगको कुराकानीका क्र’ममा जानकारी दिए ।
नन्दा पनि सा’माजिक कर्ममा नै सक्रिय ब्य’क्तित्व हुन् । गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनीहरु प्रेममा रहेको चर्चा सा’माजिक संजालमा चलेपछि के उनीहरुले वि’बाह गर्दैछन् भन्ने प्रश्नलाई नन्दासँग विबाहको मिति तय भएपछि उनले आफ्ना शुभचिन्त’कलाई उत्तर समेत दिइरहनु परेन ।
नन्दा केही वर्षदेखिको साथी भएको र मन मिलेकै का’रण उनले विबाहको नि’र्णयमा पुगेको ओएस नेपाललाई जानकारी दिए । महानायक राजेश हमालले संचाल’न गरेको कार्यक्रम द पब्लिक स्पिकरको उपाधि चुमेपछि चर्चा’मा आएका अभि’यन्ता प्रसाई कल्पनासँग दोहोरी गाएपछि थप चर्चामा आएका हुन् ।
उनले हालै बजारमा ल्याएको रिग्कीफुगंको राँगो बोलको गीत सर्वा’धिक चर्चामा रहेको छ । उक्त गीतको भिडियो यो समाचार तयार पार्दा’सम्म ४० लाख बढीले हेरिसकेका छन् ।-OsNepal बाट