चुकन्दर मि’ठो जरा भएको फल र तरका’रीमा पर्दछ । यसलाई सलाद बनाएर पनि खान सकिन्छ भने तरकारीको रुपमा पनि यसलाई प्र’योग गर्न सकिन्छ । यसको स्वाद सबैले मन परा’उँदैनन् । चुकन्दर स्वास्थ्यको लागि धेरै फाइदाज’नक हुन्छ । यसको गुणहरूको का’रण यसलाई सुपरफुड पनि भनिन्छ । यसको रसले शरीरलाई धेरै तरिकाले फाइदा पुर्याउँछ । यसका फाइ’दाहरु धेरै छन् ।
चुकन्दरको रसले रक्त’चाप कम गर्न मद्दत गर्दछ । विज्ञहरुका अनुसार दैनिक २५० एमएल चुकन्दरको रस पि’उँदा शरीरमा सिस्टोलिक र डायलोस्टिक ब्लडप्रेसर दुबै कम हुन्छ । यसको रसमा नाइट्रेट हुन्छ, जसका कारण रक्तसञ्चा’रमा सहजता हुन्छ ।
चुकन्दरमा प्राकृ’तिक रूपमा नाइट्रेटको मात्रा रहेको हुन्छ । जसले शरीरको मांसपेशीह’रूलाई बलियो बनाउँदछ । २०१५ मा गरिएको एक अध्ययनले मुटुको विफल’ताको गुनासो गरिरहेका मानिसहरूले यसको रस पिइसकेपछि २ घण्टापछि १३ प्रतिशतसम्म बढेको अनु’भव गरेका पत्ता लगाएको थियो ।
चुकन्दरको रस डि’मेन्सिया रोगमा धेरै प्रभावकारी हुन्छ । २०११ को अध्ययनअनुसार यसमा फेला पारिएको नाइट्रेटले वृद्ध’वृद्धाको दिमागमा रगत प्रवाह बढाउन मद्दत गर्दछ जसले स्मृतिलाई ठीक राख्दछ ।
चुकन्दरको रसमा क्या’लोरीहरू कम हुन्छन् र त्यहाँ कुनै फ्याट हुँदैन । यसले तौललाई बढ्न दिँदैन । यसको रसको साथ बि’हानको सुरुवातले व्यक्तिलाई सम्पूर्ण दिन सक्रि’य राख्छ ।
चुकन्दरको रसमा बे’टालेन हुन्छ, जुन एक घुलनशील एन्टिअक्सिडेन्ट हो । २०१६ को अध्ययनकाअनुसार बेटालेनमा किमोनिवारक प्रभाव हुन्छ, जसले क्यान्सरयुक्त कोषह’रूलाई फैलिनबाट बचाउँछ ।
चुकन्दरको रस पोटासि’यमले भरिएको हुन्छ, जसले स्नायु र मांसपेशिहरूलाई राम्रोसँग कार्य गर्न मद्दत गर्दछ । सही मात्रामा यसको रस पिउँदा, शरीरमा पोटासिय’मको स्तर राम्रो रहन्छ । शरीरमा पोटासियमको अभावका कारण थकान, कमजोरी र मांसपेशिको असहजता हुन्छ । पोटासियम कम हुँदा हृदय रोग’हरूको जोखिम पनि बढ्छ ।
आवश्यक खनिज’बिना शरीर राम्रोसँग कार्य गर्न सक्षम हुँदैन । चुकन्दरको रसमा फलाम, म्याग्नेसियम, सोडियम, जिंक, तामा, र सेलेनियम हुन्छ । यी सबै खनिजहरूले शरीरमा प्रति’रोध क्षमता बढाउँछन् र दाँत तथा हड्डी’हरूलाई स्वस्थ राख्छन् ।
फोलेटको कमीले न्यूरो ट्यूब दोष र स्पाइना बिफिडा जस्ता रोगहरू निम्त्याउँछ । गर्भवती महिलामा यसको अभावका कारण असमय प्रसवको जोखिम बढेको छ । चुकन्दरको रसमा फोलेटको राम्रो मात्रा पाइन्छ ।
खराब जीवनशैली, रक्सीको अत्य’धिक खपत र धेरै जंकफुडले कलेजोमा हानी गर्दछ । चुकन्दरमा एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले कलेजोमा फ्याट जम्न रोक्छ । यसले कलेजोलाई विषा’क्त पदार्थहरूबाट जोगाउँछ ।
यदि कोलेस्ट्रोल उच्च छ भने चुक’न्दरको रस आहारमा समावेश गर्नुपर्दछ । यसको रसमा फ्ला’भोनोइड्स र फाइटोन्यूट्रिएन्ट हुन्छ, जसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोले’स्ट्रोल बढाउँछ ।-इ ताजा खबर बाट