भिण्डीका फाइदा : चाउरीपना हटाउनेदेखि मुटुसम्बन्धी रोग नि’यन्त्रणसम्म

काठमाडौं- भिण्डी के हो ? सबैलाई थाहा भएकै कुरा हो । यो तरकारीका रुपमा सबैले प्र’योग गरेका हुन्छ । कतिपय मानिसलाई भिण्डी मन’परे पनि केहीले यसको तर’कारी मनपराउँदैनन् ।

तर यसको विशे’षता जान्ने र बुझ्नेले भने सही तरिकाले प्र’योग गरिरहेका हुन्छन् । आज हामीले भिण्डीको प्र’योगले मानव स्वास्थ्यमा पुर्‍याउने विवध फाइदाका विषयमा जा’नकारी दिएका छौं ।हरियो साग सब्जीका रुपमा भिण्डीको प्र’योग गर्ने गरिन्छ । नेपाल लगायत विश्वका अन्य देशहरुमा पनि मानि’सद्वारा भिण्डीको परिकारलाई अत्या’धिक मन पराइन्छ।

भिण्डीमा शरीरका लागि लाभ’दायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ। यसमा पाइने गुण’कारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउ’रीपना कम गर्न मद्दत गर्दछ।भिण्डीका फाइ’दाहरु भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटा’उन मद्दत गर्दछ।

साथै यसमा पाइने सोल्यु’बल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई निय’न्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। भिण्डीमा प्रशस्तमात्रामा पाइने यूजेनोल मधुमेहका विरामी’का लागि फाइदाजनक हुनेगर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा निय’न्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।

एनिमि’याका बिरामीहरुका लागि पनि भिण्डी निकै प्रभावकरी शब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लो’विनको निर्माण गर्न मदत पुर्याउँदछ र भिटामिन के ले रक्त’श्राव रोक्ने कार्य गर्दछ।

भिण्डीमा भरपुर मात्रामा सोल्यु’बल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभावकारी हुन्छ। यसले पेट फुल्ने, क’ब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदा’जनक शब्जी हो।

भिण्डीमा भिटामिन सी सँगै एन्टिअ’क्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधारगर्नुका साथै विभिन्न संक्रामक रोगहरुसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चि’सोलाग्ने समस्या पनि कम हुन्छ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्