विराटनगर महानगर’पालिकामा आइतबार बिहान’सम्ममा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगर प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमण फैलि’एको स्थानीय तह हो।
साउन २७ र २८ गते स्वाब सं’कलन गरेर परीक्षण गराइएकामध्ये संक्रमण पुष्टि भए’काहरुमा ५ देखि ६३ वर्षसम्मका छन्। ४३ जना थपिएसँगै विराटनगरमा संक्रमित संख्या ५२३ पुगेको महा’नगरको जनस्वास्थ्य महा’शाखा प्रमुख रमेश कार्कीले बताए।
नयाँ थपिएका संक्रमितमा १९ जना महिला छन्। विराटनगर–२ मा चार, ३ मा छ, ४ मा तीन, ५ मा चार, ६ मा सात, ८ मा एक, ९, ११ र १५ नम्बर वडामा छ/छ जना नयाँ संक्रमित भेटि’एका हुन्। शनिबार दिउँसो विराटनगरमा ३८ जना नयाँ सं’क्रमित थपिएका थिए। – अन्नपूर्ण पोस्ट