विजु पार्की र रेश्मा घिमिरेको विबाह ! देखियो यस्तो रमाइलो माहोल(भिडियो हेर्नुहोस्)

मंसिर महिना सुरु भइ’सकेको छ । यो महिना’लाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । नेपाली प’रम्परा अनुसार मं’सिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । लगनको महि’नामा दुई परिवारबीच नयाँ सम्बन्ध स्थापित हुने गर्दछ । विवाहलाई स्मरणीय बनाउन गीत-संगीतको भूमिका पनि उतिक्कै महत्त्व’पूर्ण हुन्छ ।मंसिर महिना सुरु भएपछि विवाह सम्बन्धि गीतहरु सार्व’जनिक हुने गरेका छन् ।

यसैक्रममा, गीतकार विनिता खनालले विवाह सम्ब’न्धि गीति एल्बम ‘लगनगाँठो’ सार्वज’निक गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रम’काबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् । एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चि’टिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छम’छम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

कार्य’क्रममा यी पाँचवटै गीतका भिडियो समेत एकसाथ सा’र्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतवार ‘मेहेन्दी’ यूट्युबमा सार्वज’निक गरिएको छ । रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यान’लबाट सा’र्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्दे’शन गरेका हुन् ।

लगनगाँठो’ एल्ब’ममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्री’वास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।पाँचवटै विवा’हका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा-दुलहीको भूमि’कामा छन् ।

अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ । गीतको भिडि’योका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।दिपेन गौतम माइकल प्रोड’क्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर रहेको भिडि’योका असिस्टेन्ट डाइरे’क्टर साइव्रत आचार्य हुन् ।

त्यस्तै, भिडियोकी क्रिय’टिभ डाइरेक्टरको रुपमा जया शर्मा छिन् । दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरि’योग्राफी गरेका छन् । गीतको भिडियो आ’कर्षक सेटअपमा खिचिएको छ ।

गीत सार्वज’निक कार्यक्रममा बोल्दै क’लाकार शर्मिला मल्लले गीतमा आफ्नो भूमिका सानो भए पनि काम गर्न निकै रमाइलो भएको बताइन् । रेश्मा र गरिमाले पनि राम्रो टिम’सँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । संगीतकार कँडेलले विवाहको समयमा ‘लगनगाँठो’ एल्ब’ममा समावेश गीत घन्कनेमा विश्वास व्यक्त गरेका छन् । अमेरिकामा बसोबास गर्ने गीत’कार खनालले छोराको विवाहको सम’यमा यी गीत लेखेकी थिइन् । -OsNepal बाट
भिडियो हेरौं:

प्रतिकृया दिनुहोस्