जाडोमा खानुस् कोदोको ढिँडो, स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान् । चिसो मौसममा तातो र मिठो परि’कार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानाको विष’यमा चर्चा हुँदा जाडो’याममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

पहिला पहिला–गाउँघरमा चामल उत्पा’दन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाड’पर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।

तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।

शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिका’रको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभि’ने गरेका छन् ।

चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ ।

कोदो ढिँडो तथा परिकारको फाइदा
कोदो स्वास्थ्यका लागि अत्य’न्त फाइदाजनक हुन्छ । कोदोका परिकार प’चाउन सहज हुन्छ । कोटोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सि’डेन्टलगायतका पोष’क तत्त्व पाइन्छ । कोदोका परि’कार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।

तौल घटा’उन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्र’णमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदा’यक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जो’खिम पनि कम गर्छ ।

यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नि’यन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सह’योग पुर्‍याउँछ । कोदोमा हुने आइ’रनले रक्त अल्पता हुन दिदैन ।

यस्तै कब्जियत र ग्यासको स’मस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आ’राम पाइन्छ । मधुमेहको खतराबाट बच्न कोदोको परिकार ला’भदायीक छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्