ट्राफिक प्रहरीले ट्राफिक नियम समेटिएको गीत सार्वजनिक गर्यो (भिडियो हेर्नुहोस)

महानगरीय ट्राफिक प्रहरी महाशा’खाले ट्राफिक निय’म समेटिएको भिडियो सार्वज’निक गरेको छ । ट्राफिक महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्दे’श्यले भिडियो बनाएको हो ।

भिडियोमा नृत्य:समेत ट्राफिक प्रहरीले नै गरेका छन् । गीतमा २५ वटा ट्राफिक नियम समेटिएको महा’शाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जान’कारी दिए ।

गीतमा ट्राफिक संकेत’को पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नच’लाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशास’नको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समे’टिएका छन् ।

सरोज ओली र एलिना चौहानको स्वरमा सजिएको गीतको नृत्य कोरियो’ग्राफर मनराम केसी हुन् । भिडियोको निर्दे’शन तथा छायाङ्कन प्रकाश भट्टले गरेका हुन् भने सम्पा:दन विष्णु शर्माले गरेका हुन् ।- रातो पाटी बाट

प्रतिकृया दिनुहोस्