तुलसीका पातका अनेकौं फाइदा जान्नुहोस्

हिन्दू धर्म’अनुसार तुलसीलाई पूजा गर्ने चलन छ । विज्ञानले पनि तुलसीको पातमा औष’धीय गुण हुने प्र’माणित गरिसकेको छ ।

हिन्दूहरूले घरघरमा तुलसीको मोठ बनाएर पूजा गर्ने च’लन छ । अझ तुलसीलाई भगवान् श्रीकृष्णको प्रिय वनस्प’ति पनि मान्ने गरिन्छ । साथै यो वनस्पतीलाई प’वित्र पनि मानिन्छ ।

वैज्ञानिकहरूले गरेका विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखो’की, पेट दुखाइ, आँखाका समस्या, म’धुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्न गरि’ने देखाएका छन् ।

यसले शरीरलाई स्वस्थ राख्न पनि मह’त्त्वपूर्ण भूमिका निभाउने गर्छ । तुलसीका पातमा हुने एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणले रुघा’खोकी र ज्वरोलाई कम गर्न सहयोग पुर्‍याउँछ । अलि’कति पानीमा तुलसीको पात र दालचिनी हालेर पि’उँदा ज्वरो मत्थर हुन्छ ।

वैज्ञानिकहरूका अनुसार तुलसीले रक्त’चाप र कोलेस्ट्रोल स्त’रलाई कम गरेर मुटुलाई स्वस्थ राख्न मद्द’त गर्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्ने सम्भा’वना न्यून हुन्छ ।

यति मात्र नभएर तुलसीले मानिसमा त’नाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री र्‍या’डिकल क्षतिबाट बचाएर त’नाव कम हुन पनि सह’योग गर्छ ।

तुलसीमा हुने थाइ’मोलले छालासम्बन्धी समस्या निको पार्छ भने अनुहारलाई पनि उज्या’लो बनाउँछ । साथै तुलसीका पातले रगतमा हुने युरिक एसिड घटाएर मिर्गौ’लालाई पनि स्वस्थ राख्छ । यदि तपाईंलाई चुरोटको कुलत छ भने तुलसीका पात चपा’उँदा हट्छ ।

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुन्छ । जसले गर्दा प्यानक्रियाटिक बीटा सेल्स’को काममा सुधार गर्छ । यसले इन्सुलिन सेन्सिटिभिटी बढाउनु’का साथै ब्लड सुगर कम गरेर मधुमेह नि’यन्त्रण गर्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्