विनोद र अनितालाई अस्पतालमै आएर दिदीबहिनीले भाइटीका लगाएपछि रुवाबासी(भिडियो सहित)

अनिता खडका र विनोद खडका यो जोडी लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिक-टकबाट भाइरल भएको यो जोडीको वास्त’विकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । पछिल्लो समय टिक-टकसंगै युुटट्यु’बमा पनि यो जोडी-लाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् ।

झण्डै १ वर्ष पार गरेर अस्प’तालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पता’लमै भएको छ । बुहारीको स्याहार गर्दै अस्प-तालमा बसि’रहेको भाईलाई टिका लगाईदिन उनका दिदी’बहीनीहरु अस्पतालमै आएका थिए ।

विनोदका दिदीहरुले विनोदसंग जब बुहारी अनितालाई पनि भाईदिका लगाईदिए तब अस्पता’लमा रुवा’बासी भयो । बुहारी लाई यस्तो अवस्थामा टिका लगाउनु पर्दा उनी हरुले विगत सम्झिंदै भक्कानिंदै रोए । अमाजु-हरुलाई रोएको देखेर अनिता पनि रोईन् ।

त्यो दृश्य साँच्चै नै मार्मिक थियो । यस्तो पनि परिवार छ हाम्रै समाजमा जहाँ घरकी बुहारीको लागी ज्यान फाल्छन् परिवा’रका सस्यहरुले । विनोद’की एउटी दिदीले त अनिता आफु’हरुको लागी भाईबुहारी नभएर बहीनी र घरकी अर्की छोरी भएको पनि बताएकी थिईन् । उनले अनिताले कहिल्यैपनि कसैलाई भेदभाव नगरेको र भान्जा-भान्जीलाई असाध्यै माया गरेको पनि सुनाईन् ।

गएको वर्षभन्दा यस वर्ष अनि’तामा धेरै नै सुधार भएको हुनाले चाँडै नै अनिता’लाई घरमा देख्न पाउने उनीहरुले विश्वास व्यक्त गरे । अनितासंग त्यो भेटमा बोल्ने विनोदका सबै दिदी’बहीनीहरुले सानो नानीसंग बोले जस्तै गरी अनितासंग मायाले बोलेको सुनिन्थ्यो ।

जुन माया र व्यवहा’रको अनितालाई यो समय’मा खाँचो छ । टिका लगाउँदै गर्दाको त्यो दृश्य देखेर नरुने कोही भएन । सबैको आखाँ रसाएको थियो । भिडियो:

प्रतिकृया दिनुहोस्