मङ्सिरमा विजयेन्द्र रावतसँग बिहे हुनेबारे स्वेता खड्काको आयो यस्तो प्रति’क्रिया

च’र्चित नायिका स्वेता खड्काले धनगढीका विजयेन्द्र रावतसँग मङ्सिर ५ गते बिहे गर्न लागेको खब’रले यतिबेला चलचित्र जगतको माहोललाई तताइ’रहेको छ । दशैंको टीका लगाएका बेला धनगढीका विजयेन्द्र रावतसँगको तस्वीर सा’माजिक सञ्जालमा सार्व’जनिक गरेपछि स्वेताको विवाहबारे च’र्चा बढेको हो ।

उनका बुबाको फेसबुक आईडी स्नेहाल्ता रावतको प्रोफा’इलमा राखिएको तस्वीरमा देखिएकी महिला विजयेन्द्रकी आमा हुन् । उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मु’ख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखे’की छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामा’जिक सञ्जालमा शेयर गरिन् ? भन्ने प्रश्नले पनि स्वेता यी युव’कसँग प्रेममा छिन् भन्ने अ’नुमान छ ।

विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् । यो कुरा दशैँको टिकाका दिन एक युट्युब च्यानलाई अन्तरवार्ता दिनेक्रममा स्वेताकी आमा र स्वयं स्वेताले संकेत गरेका थिए । त्यहाँपनि विवाह को कुरा उठेको थियो ।

स्वेताले अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् । स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले विवाह गर्ने मूडमा नरहेको बताइन् ।

उनले आफू अहिलेसम्म प्रेममा नरहेको र मनले खाएको प्रेमी समेत नपाएको बताएकी छिन् । केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले विवाह गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।

हल्लाबारे जिज्ञासा राख्दा स्वेताले भनिन्, ‘विवाह हुने भने भने सबैलाई जानकारी गराउला । अहिले म सिंगल छु ।’ अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । विवाह को एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो। -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्