तिहारलाई २० करोडको झि’लिमिली बत्ती आइपुग्यो, मूल्य नबढ्ने

विगतका वर्ष’हरुमा जस्तो यस पटकको ति’हारमा झिलिमिली बत्तीको आ’यात कम हुने देखिएको छ । तिहार आ’उन झण्डै दुई साता बाँकी हुँदा झिलि’मिलि बत्तीको आयातमा व्यव’सायीहरु उदासिन देखिएका छन् । तिहार भन्ने बित्तिकै झिलि’मिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्यु’तीय बत्ती, पटाका आदि तिहार’का विशेषता हुन् ।

तिहारमा नेपाली’हरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्र’योग गर्छन् । तर, यस पटक कोरोना क’हरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसा’यीहरु नयाँ विद्युतीय झिलि’मिली बत्ति आयात धेरै नगर्ने मनस्थि’तिमा पुगेका हुन् । यसवर्षका लागि हाल’सम्म झण्डै २० करोड रुपैयाँ बरा’बरको मात्र तिहार लक्षित विद्यु’तीय बत्ती आयात भएको नेपाल विद्यु’तीय व्यवसायी महा’संघको अनुमान छ ।

महा’संघमा आवद्ध नभएका व्यवसा’यीहरुले पनि थोरै आयात गरेको बुझिएको छ । विद्युतीय व्यव’सायी महासंघका अध्यक्ष सु’र्दशन प्रसाद पौड्या’लले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताए । यस वर्षको तिहार ल’क्षित बत्ती करिब २० करोड रुपैयाँ ज’तिको आयात भएको पौड्यालले बताए ।

गत वर्ष झण्डै ४० करोड रुपै’याँको विद्युतीय बत्ती आ’यात भएको थियो । महासंघका अनु’सार आयात गर्नुपर्ने बत्ती लगभग आ’यात भइसकेको छ । केही आउनेक्रममै बाटोमा रहेको छ । यता महासंघका बरिष्ठ उपा’ध्यक्ष समेत रहेका व्यवसायी रेशम प्रसाद देवकोटाले कतिपय गत वर्षकै स्टक बत्ती पनि यस पटकको तिहा’रमा बिक्री गरिने बताए । उनका अनुसार वि’द्युतीय बत्तीको व्यापार यसपटक खुम्चि’एकाले व्यवसायीहरुको दोधा’रमा रहेका छन् ।

सामान बिक्री हुने÷ नहुने अनिश्चि’तता बढेपछि व्यवसायीहरुले थप बत्ती आयात गर्ने अ’वस्थामा नरहेको उनले बताए । ‘यो भन्दै’मा आयात शून्य मै भने झरेको छैन । गत वर्षको भन्दा निकै कम मात्र आयात भएको छ’, उनले बताए । एकातर्फ केरुङ नाका’मा महिनौँ दिनदेखि सामान अड्कि’एर बसेको छ भने अर्कोतर्फ व्यवसा’यीसँग नयाँ सामान खरिद गर्ने रकम नभएपछि तिहारमा बत्ती कम आयात भएको व्यवा’सायीहरु बताउँछन् ।

पहिला पहिला मा’टाका पाला, मैनबत्ती, केराको सुप्ला’मा बालिने कपासको बत्तीले गाउँ’सहर झिलिमिली बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा र’ङ्गीचङ्गी विद्युतीय बत्तीमा आकर्षण रहेको र लोडसे’डिङको समस्या पनि हटेपछि विद्युतीय ब’त्तीमा मानिसहरु आकर्षित भएको देखिन्छ ।तिहारमा मात्र होइन अन्य समयमा पनि होटल, रिसोर्ट, शहर बजारका व्यापा’रिक केन्द्र रङ्गीचङ्गी विद्यु’तीय बत्तीमा सजिन्छन् ।बढ्दो देखा’सिकीले पनि शहर बजा’रतिर तिहारमा विद्युतीय झि’लिमिली बत्ती नबलेका घर’हरु कमै हुन्छन् ।

विद्युतीय बत्ति’को मूल्य नबढ्ने
तिहार लक्षि’त विद्युतीय बत्तीको मूल्य यस पटक नबढ्ने भएको छ । महा’संघका अनुसार गत साल नै बत्तीको मूल्य कायम गरिए’को थियो र साेही मूल्य यसव’र्ष पनि कायम गरिएको छ । गत वर्ष दियो २० वटाको मूल्य बढीमा २०० रुपैयाँ’सम्म काय’म थियो ।

स्ट्रिप लाइट, पा’इप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ । लक्ष्मी, गणेश लगायत दे’वताको बल्ने सानो फोटो’को मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपै’याँसम्म छ ।

विद्युतीय बत्तीको माग यसै सम’यमा हुने भएकाले केही व्यवसा’यीहरुले चर्को मूल्य स’मेत लिएर बेच्ने गरेको गुना’साे आउने गरेका छन् । यसतर्फ भने सरका’रको अनु’गमन प्रभा’वकारी हुनुपर्ने देखिन्छ । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्