लकडाउनसँगै बन्द भएको हास्य टेलिसिरियल ‘सक्किगोनि’ पुनः प्रसारण हुने मिति तोकियो

कोरोना महामारी’पछिको लकडाउनसँगै बन्द भएको हास्य टेलिसि’रियल ‘सक्किगोनि’आगामी २० मंसिरबाट पुनः प्रसा’रणमा आउने भएको छ । नेपाल टेलि’भिजनबाट प्रसारण हुँदै आएको यो टेलि’सिरियल पुनः प्रसा’रण हुन लागेको हो। यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।

अब हिमालय टेलिभि’जनबाट प्रसारण हुने टेलिसिरियलका क’लाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले खुलासा गरेका छन् । पुरानै कलाकार र पुरानै विषयव’स्तुमाथि बन्ने सिरियल प्रसार’ण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमा’लय टेलिभि’जनमा गएको घिमिरेले बताए ।

उनले भने, ‘हरेक शृंखला’का लागि नेपाल टेलिभि’जनमा दुई लाख ५५ हजार रुपैयाँ तिर्दै आइ’रहेका थियौँ । हिमालय टेलिभिजनमा त्यो ब्रोड’कास्ट चार्ज तिर्नु नपर्ने भएको छ ।’

प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सह’ज हुने घिमिरेको आकलन छ । तर, युट्युबमा भने पुरानै च्यान’ल ओएसआर डिजिटल’बाट सार्व’जनिक हुनेछ । ‘हामीले हिमालय टेलिभि’जनलाई टिभीमा प्रसार’णको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने । आजको नयाँप’त्रिकामा खबर छ।

प्रतिकृया दिनुहोस्