प्रत्येक वर्ष झैँ आश्वि’न शुक्ल पूर्णि’माका दिन आजदेखि का’र्तिक स्नान, आ’काशदीपदान एवं तुलसीको विशेष पू’जाराधना शुरु भएको छ । कार्तिक शुक्ल पूर्णि’मासम्म कार्तिक स्ना’नसहित तुलसीको विशेष पूजाराधना र आका’शदीपदान गरेमा सौभाग्य, स’म्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मि’क विश्वास छ । आका’शदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आका’शदीपदान विष्णुलाई सम’र्पण गरी बालिन्छ ।
कार्तिक स्नान गरी घर’घरमा विशेषरुपमा तु’लसी पूजा गरेमा म’नोकामना पूरा हुने धार्मिक विश्वा’स छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिस’क्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महा’पातकबाट पनि मुक्त होइने धार्मिक वि’श्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समि’तिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जान’कारी दिए ।
कार्तिक स्नान गर्नेले आ’जदेखि कार्तिक शुक्ल पूर्णि’मासम्म दुई दल भएका मास, मुग, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अव’सरमा आज स्व’यम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिएको छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने को’जाग्रत पूर्णिमा भने शु’क्रबार राति नै मनाइएको थियो ।
मध्यरा’तमा पूर्णिमा भए’का दिन को’जाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आका’शदीपदान र तुलसीको विशेष पूजाराधना शुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौत’मले जान’कारी दिए । -Osnepal बाट