धन कमाउन भनी दक्षिणकोरिया गएका ज्ञानेन्द्र दशैँकै दिन कहिल्यै नफर्कने गरी बिदा भए

परदे’शमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउ’दाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रि:यामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनी’मा काम गर्ने क्रममा दु’र्घटनामा परी मृ’त्यु भएको हो ।

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृ’त्यु भएको हो ।

मृ’तक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्यापेपछि उनलाई उप’चारका लागि नजिकैको अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृ’त घोषणा गरेको थियो ।

उनको श’वलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।(रासस)

प्रतिकृया दिनुहोस्