बडादशैँको आज नवौँ दिन, सिद्धि’दात्रीको विशेष पूजा गरिँदै

बडा’दशैँको आज नवौँ दिन सिद्धिदा’त्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आरा’धना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शा’स्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साध’कको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सा’मर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

सिद्धि’दात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन् । देवी सि’द्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कम’लको फूलमा बिराजमान छन् । नवौँ दिनमा यस देवीको पूजा तथा आरा’धाना गर्नाले सिद्धि प्राप्त हुन्छ ।

उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्व’व्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धि’हरू पनि प्राप्त गरेका छन् । यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कार’णले शिव अर्ध’नारीश्वर नामले प्रख्यात छन् ।

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई मह’सुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्‍याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपा’बाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि स’बैले सिद्धि प्राप्त गर्न सक्ने ब’ताइन्छ ।

‘ॐ ह्रीं चामुण्डा&यै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ । आजै दुर्गा भवानीको पूजा आ’राधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजाल’गायत कार्य गरी घटस्था’पनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति’पीठमा लगी चढाइन्छ ।

दशैँघर र कोत लगा’यत राज्यका विभिन्न देवी मन्दिर र शक्ति’पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्त_शती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने’हरुले भने आज आ–आफ्नो कुल पर’म्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअ’ष्टमीको दिनमा बलि दिने र महान’वमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुरा’णमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्ष’सलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्व’का साथ लिइन्छ ।कतिपय शक्तिपी’ठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढा’इँका साथ कोतपूजा र निशा’नापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दर’बारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजा’सहित जङ्गी निशाना पूजा र को’तपूजा गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष महा’नवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्र’मणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।घटस्थापना’देखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्या’लय प्रमुख सन्दीप खनालले बताए ।

तलेजु भ’वानी मन्दिर नखुल्ने
हनुमानढोका दरबार’मा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए । तुलजा भवा’नीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समिति’ले दिएको साइतमा गरिने छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महा’नवमीका दिन’मात्र खुल्ने परम्परा छ ।

वर्षमा एक दिन’मात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो । तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महान’वमीका दिन बिहानै ला’ममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तज’नलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समु’दायले भने भीमसे’नलाई बलि सहित पूजा गर्ने परम्परा छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्