आज महा’काली, महालक्ष्मी र महास’रस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशे’ष महत्व छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्ति’पीठमा पशु बलि दिई दुर्गाभवानीको वि’शेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवी’भागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अवि’वेकशील प्राणी दुवैले मोक्ष प्राप्ति’को चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञा’दिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग नि’र्णायक समितिका अ’ध्यक्ष प्रा. डा रामचन्द्र गौतम बता’उँछन् ।
‘सा’त्विक, राज’स र तामस तीन कि’सिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षताल’गायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शा’स्त्रमा परि’भाषित गरिएकाले पशु’बलि पनि शास्त्रीय हो’, उनले भने ।
ब्राह्म’णका लागि भने पशु’बलि बर्जित गरिएको छ । आसुरी प्रवृ’त्तिको नाश गर्न देवीलाई शक्ति’शाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व र’हेको धर्मशास्त्रविद्को भनाइ छ । चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुब’लिलाई अशास्त्रीय भन्न नमिल्ने धर्म’शास्त्रविद् प्रा. डा. गौतम बताउँछन् ।
‘राज्य सञ्चा’लकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह श’क्तिका लागि पशुबलि विधि’पूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने । यी तीन शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन वि’धिपूर्वक पशुबली दिइने गरिएको हो । तर, कोरोना महामारीका कारण यस वर्ष शक्तिपि’ठहरूमा विधि पुर्याउनका लागि मात्रै बलि दिइने छ ।
आजैका दिन राति का’लरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरा’त्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन काठ’माडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमा’ईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्र’मणका कारण नगण्यमा’त्रामा बलिसहितको पूजा हुने छ ।
यसैगरी उपत्य’का बाहिरका नुवा’कोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको का’लीञ्चोक भगवती’लगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।
आजको दिन कलपु’र्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्रास्त्र’सहित चतुरङ्गिणी सेनाको पनि आ’ह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।
महाष्टमीका दिन राति हनुमा’नढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण स्थगन गरिए’को हनुमानढोका हेरचाह अड्डाका का’र्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
घटस्था’पनादेखि विजया’दशमीको दिनसम्म दिइने बलि भने निरन्तर जारी रहेको उनले बताए । फूल’पाती भित्र्याउँदा पनि बलिसहित पूजाराधना गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । खबर हब बाट