नेपालमा भएको सबै स’म्पत्ति बि’क्री गरी देश छोड्दै सुजाता

गिरिजाप्रसाद कोइ’रालाकी छोरी सुजाता कोइरा’लाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नु’भएको छ । विराटन’गरमा आफ्नो पिता गिरि’जासँग प्राप्त पैतृक सम्पत्ति उहाँले पहिले नै बिक्री गरिसक्नु’भएको थियो । सुजाताले ‘आफ्नो मेह’नतबाट आर्जन गरेको’ साठी आना जग्गा’सहितको आफू बस्दै आएको मण्डिखा’टारस्थित घर बिक्रीका निम्ति हालै बैना लिनुभएको छ ।

प्राप्त जानकारी’अनुसार उहाँले उक्त घर जग्गा करिब रु. बाइस करो’डमा बिक्री गर्न लाग्नु भए’को र बैनावा’पत तीन करोड रूपैयाँ बुझिलिनुभएको छ । यसअघि उक्त घरजग्गा बिक्री गर्न विराटनगरस्थित नोवल मेडिकल कलेज’का सुनिल शर्मासँग सु’जाताले दुई करोड बैनावापत बुझ्नुभएको थियो ।

विराटनगर’कैएक बिस्कुट उद्योगको समेत मालिक रहेका मारवा’डी ब्यापारीसँग तीन करोड रूपैयाँ बैनावापत बुझेर सुनिलसँग बुझेको रकम फिर्ता गरिदिएको समाचार’सुत्रहरूले जनाएका छन् । गत वर्ष सुनिल शर्माले एक्का’इस करोडमा उक्त जमि’न खरिद गर्न बैना दिएका थिए ।

सोसम्प’त्तिमा कुनै पनि किसि’मले दाबी गर्ने छैन भनी छोराले समेत कागज गरिदिनुपर्ने शर्त सुनिलले सुजा’तासमक्ष राखेका, तर सुजाताले छोराको दस्त’खत गराउन नसके’पछि सुनिल बैना फिर्ता लिन बाध्य भएका थिए ।

विदेशी नाग’रिक आफ्ना एक छोरा र छोरी’लाई सुजाताले आफू परराष्ट्र’मन्त्री हुँदा ‘एनआरएन’को विशेष परिचयपत्र बनाइ’दिनुभएको थियो । आमा सुजातासँग मनमुटाव भएपछि छोरा आफ्नो परि’वारसहित बुढानिल’कण्ठमा बस्दै आएका छन् ।

छोराकोदस्त’खतबिना जग्गा खरिद गर्न सुनिल राजि नभएपछि सुजा’ताले सहयोगीहरू केशव दुलाल र अनिल आचार्य’मार्फत नयाँ ग्राहक फेला पार्नुभएको थियो । अब तीन महिनाभित्र सुजाताले उक्त घर खालि गराइ र’जिष्टे«सन पास गरिदिनुपर्ने छ ।

गिरिजाप्रसाद कोइ’राला सत्ता र शक्तिमा रहँदै ‘निकै दुःख गरेर’ सुजाताले आर्जन गर्नु’भएको सो घरजग्गा विनोद अग्रवाल नामक एक मारवाडी व्या’पारीकी पत्नीको नाममा राखिएको थियो । करिव चार वर्षअघि मात्र उहाँले आफ्नो सम्पत्ति आफ्नै नाममा ल्याउ’नुभएको थियो ।

त्यसअघि’सुजाता (अहिले प्रचण्डले झैँँ) विनोदको घर भाडामा लिएर बसेको बताउने गर्नुहुन्थ्यो । आफ्नो नाममा ज’मिन ल्याउँदा ५७ आना मात्र रहेको र तीन आना जमिन अरु कसैको नाममा भएको फेला परेपछि नापी विभागका तत्कालिक कर्म’चारी नारायण’प्रसाद चौधरीको विशेष सह’योगमा ‘मिलाएर’ तीन आना थपिएको थियो ।

सुजाता कोइ’राला नेपालमा रहेको आफ्नो सम्पूर्ण सम्पत्ति बिक्री गरेर बेलायत बसाई सर्ने योजना’मा रहनुभएको छ । सबै सम्पत्ति बिक्री भए पनि उहाँ काङ्ग्रे’सको आगामी महाधिवे’शनमा उच्च पदीय जिम्मेवारी पाए नेपालमै अरु केही समय बस्नुहुने र भनेजस्तो पद नमिले महाधिवे’शनलगत्तै देश छोड्ने तयारीमा रहनु’भएको बुझिएको छ ।

ज्ञातव्य छ, सुजा’ताको विवादास्पद बङ्ला’देशी ज्वाइँ रुवेल चौधरी आफ्नी पत्नी मेलानी’सहित बेलायतमा बस्दै आएका छन् । नेपालमा सम्पत्ति बेचेको नगद लिएर सुजाता आफ्नी छोरी-ज्वाइँ’सँगै बेलायत बस्न जान लाग्नुभ’एको हो । छोरासँग कुरा नमिले पनि सुजाताको छोरी र ज्वाइँसँग निकै राम्रो सम्बन्ध रहि’आएको छ ।

स्मरण रहोस्, सुजा’ता पहिले पनि विवाह गरेर विदेशिनुभएको र २०४८ सालमा आफ्ना पिता प्रधानमन्त्री बनेपछि मात्र नेपाल फर्कनुभएको थियो । जीवनको अन्तिम क्षणमा गिरिजाले सुजातालाई उपप्रधानमन्त्रीको दर्जासहित परराष्ट्रमन्त्री बनाइ’दिनुभएको थियो । यतिबेला सुजाता शेरबहादुर देउवासँग बार्गेनिङ गर्दै हुनुहुन्छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक र काङ्ग्रेसको आगामी महाधि’वेशनमा उपसभापति बनाइनुपर्ने शर्त देउवासम’क्ष राख्नुभएको बुझिएको छ ।

देउवासँगकुरा मिला’एर अघि बढ्नकै निम्ति सुजाताले केही साताअघि रामचन्द्र पौडेलहरूले पार्टीमा देउवाविरुद्ध दिएको सा’मूहिक उजुरीमा पहिले दस्तखत गरेर पनि पछि फिर्ता लिनुभएको थियो । सुजाता यतिबेला रामचन्द्र पौडेल’विरुद्ध वातावरण बनाउन सक्रिय रहनुभएको छ । यसो गर्दा देउवा र आफ्ना दाजुभाइ कोइरा’लाहरू खुशी हुने भएकोले पनि सुजाताले पौडेल’विरुद्ध अभिव्यक्ति दिनुभएको बताइन्छ ।

जे होस्, सुजा’ता कोइराला काङ्ग्रेसको आगामी महाधिवे’शनसम्म नेपाल बस्नुभए पनि कुनै पद हात नलागे सधैंका नि’म्ति देश छोड्ने अब निश्चित भएको छ । -इताजाखबर बाट

प्रतिकृया दिनुहोस्