घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ पनि घटबढ नभएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ । खबर हब बाट

प्रतिकृया दिनुहोस्