नेपाली चलचित्र इतिहा’समै सबैभन्दा कम समय’मा बनेको फिल्म हो ‘श्री’ । यो जम्मा ७२ घण्टामा बनेको छ । फिल्म ‘श्री’ लाई फिचर फिल्म बताईएको छ । कोरो’ना भाइर’सको महा’मारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् ।
फिल्म फस्र्ट’लुक पोस्टर सार्वजनीक गरिएको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाइ एउटै लो’केशनमा जम्मा ७२ घण्टामा फिल्म’को सुटिङ सकिएको हो ।
सन्दिप क्षेत्री, बर्षा शिवा’कोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबि’न्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालक’लाकार न्यासिका कार्की लगाय’तको फिल्ममा अभिनय रहेको छ ।
एभरेष्ट सूर्य बोहरा फिल्म’स्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्म’को निर्माता श्री पराजुली र स’विता गुरुङ हुन्, भने यम बराल, सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्मातामा रहेका छन् ।
बिषम परि’स्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई च’लायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको नि’र्देशक बोहोराले बताए । शेरबहादुर तामाङको छायाँकन, सुजन बडालको सम्पादन रहेको फिल्म दुई घण्टा अव’धिको रहेको छ । फिल्म हल खु’ल्नासाथ दर्शकमाझ ल्याउने योजना निर्माण युनि’टको रहेको छ । इताजा खबर बाट