आइसोलेसनमा होटलमा बस्न चाहनुहुन्छ ?यी होटलमा बस्न सकिन्छ, कति पर्छ शुल्क?

के तपाईं’लाई कोरोना संक्र’मण भएको छ? आइसोले’सनमा बस्न उपयु’क्त ठाउँ पाउनु भए’को छैन? अनि पैसा ति’रेरै भए पनि आइसो’लेसनमा बस्ने ठाउँ खो’जिरहनु भएको छ? छ भने काठ’माडौंका केही होटल तपाईं’का लागि राम्रा विक’ल्प हुन सक्छन्।

यीम’ध्ये हामीले यहाँ दुई होटल’सँग कुरा गरेका छौं।
होट’ल होलिडे ताज, बागब’जार होटल होलिडे ता’जका संस्थापक एवम् मार्केटिङ प्रब’न्धक भिम’प्रसाद काप्री’का अनुसार यही बिहीबा’रदेखि यहाँ आइसो’लेसन व्यवस्था गरिएको छ।

सुरूमा सरकारले विदे’शबाट आएका’हरूलाई होटलमा क्वारे’न्टिन राख्ने व्यवस्था अनुरुप होलि’डे ताजलाई पनि सू’चीमा राखेको थियो। तर सेवाग्राही नभएपछि आफू’हरूले आइसो’लेसन व्यव’स्था गरेको उनले जान’कारी दिए।

‘सरका’रले हाम्रो होटल पनि क्वारेन्टा’इनका लागि सूचीमा तोकेको थियो । सेवा’ग्राही नै भएनन्,’ काप्रीले भने, ‘व्यव’साय ठप्प छ। कर्म’चारी पाल्नै मु’श्किल भइसक्यो। त्यसैले सेवा र व्यवसाय दुवै हुने तरिकामा हामीले बिही’बारदेखि आइसो’लेसन सेवा उपलब्ध गराइरहेका छौं।’

यसअघि होटल क्वारे’न्टाइनका लागि मात्र उप’लब्ध थियो। होलिडे ताज ‘टुरिस्ट स्ट्यान्डर्ड’ होटल हो। कुल ७५ कोठामध्ये ६० कोठा आइसो’लेसनका लागि तोकिएको छ। क्वा’रेन्टाइनका लागि गरिएको व्यव’स्थाको तुलनामा थप सत’र्कता समेत अपना’एको उनी बताउँछन्।

‘आइसो’लेसनका लागि संक्रमित व्यक्ति’हरू आउने हो। उहाँहरूका सेवा’का लागि हामी आफैंले स’मेत थप सतर्क’ता अपनाउनु पर्ने हुन्छ,’ काप्रीले भने, ‘मास्क र स्यानि’टाइजर सहित प्र’त्यक कर्मचा’रीको लागि पिपिई व्यवस्था छ। होटलका सबै कर्म’चारीको बीमा पनि गरेका छौं।’

उनका अनु’सार स्वा’स्थ्यमा कुनै समस्या नदेखिएका संक्रमि’तलाई मात्र होटलले सेवा पुर्‍याउने हो। तर आइसो’लेसनमा रहँदा कुनै समस्या देखिए बिरामी’का लागि होटलले ‘अन-कल’ चिकित्सा सेवा व्यवस्था मि’लाएको छ। स्वा’स्थ्यमा निकै समस्या देखिने बि’रामी छन् भने उनीहरू’लाई अस्प’ताल नै जान सल्लाह दिने उनले बताए। होटलले संक्र’मित निको नहुन्जेल आइसो’लेसनमा बस्ने व्य’वस्था मिलाएको हो।

-होटल हो’लिडे ताजमा आइसो’लेसन बस्न कति तिर्नुपर्छ?
काप्रीका अनु’सार आइसोले’सनमा खाना-खाजा व्यवस्था’सहित कोठाको शुल्क साढ‍‍े ६ हजार हारा’हारी पर्छ। एक व्यक्ति आइसो’लेसनमा बस्दा दिनको पाँच हजार रूपैयाँ तिर्ने हो। यसमा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रति’शत भ्याट लाग्छ। यसरी हि’साब गर्दा ल’गभग साढे ६ हजार हुन आउँछ।

त्यस्तै दुई जना सं’क्रमित एकै कोठामा सँगै आइ’सोलेसन बस्नेलाई अलि कम शुल्क छ। दुई जना बस्ने भए एक दिनको करिब ९ हजार पर्छ। सात हजार शुल्क’मा १० प्रति’शत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट जोडेर यो रकम तोकि’एको हो।

त्यस्तै आइ’सोलेसनमा बस्नेका लागि खाजा-खा’नाको पनि राम्रो व्यवस्था मिला’एको काप्री दावी गर्छन्। उनका अनु’सार यसरी बस्नेलाई दिनको खाना-खाजा गरी दिनको चार पटक खानेकुरा दिइन्छ- बिहान ब्रेक’फास्ट। मध्या’न्हमा खाना। दिउँसो खाजा र बेलुकी खाना।

रोग प्रतिरो’धात्मक क्षमता बढाउन राम्रो आहा’रको आवश्यक बुझेर आइसो’लेसनमा हुनेह’रूलाई माछा-मासु, फलफूल, गेडागुडी लगायत पौष्टिक खाना तयार पारिने काप्री ग्यारेन्टी दिन्छन्। त्यस्तै कसैलाई होटलले दिने’बाहेक बेग्लै केही खान मन लागे अ’लग्गै पैसा तिरेर मगाउन पनि सक्ने उनले बताए।

आइसोले’सनमा बस्नेका लागि कोठा’बाहिर ढोकामा टेबल राखिनेछ। र, त्यहीँ होटल’का कर्म’चारीले खाना राखिदिने छन्। होटलले दिने यो प्याकेजमा इन्टरनेट, टिभी र एसी चला’एको शुल्क पनि जोडिएकै हुन्छ। अलग्गै तिर्न पर्दैन।

होट’ल नेपाल ट्रेकर्स हाउस
होटल नेपाल ट्रे’कर्स हाउसले पनि आफ्ना कोठा आइ’सोलेसनमा दिँदै आएको छ। होटलका प्रब’न्धक सुदीप भट्टका अनुसार आइत’बारदेखि उनीहरूले कोठा आइसोले’सनका लागि बुकिङ खोलेका हुन्।

‘कोरोना संक्र’मण पुष्टि भएका बिरा’मीलाई आइसोले’सनका लागि कहाँ जाने भन्ने सम’स्या हुन्छ। यस्तोमा हामीले सेवा र व्यवसाय दुवै गर्न सकिने देख्यौं। त्यसैले कोठाहरू आइसोलेसनका लागि उपलब्ध गराएका हौं,’ भट्टले सेतोपा’टीलाई भने। अहिले होटलमा ३ जना आइसोले’सनमा रहेको पनि उनले जानकारी दिए। हा’लसम्म संक्रमित बिरा’मीको स्वास्थ्य सामा’न्य रहेको उनको भनाइ छ।

होटल नेपाल ट्रेकर्स हाउ’समा आइ’सोलेसन बस्न कति तिर्नुपर्छ?
प्रबन्धक भट्टका ट्रेकर्स हाउसमा आ’इसोलेसनमा बस्दा एक व्यक्तिले एक दिनको शुल्क करिब ६ हजार तिर्नुपर्छ। यसमा ५ हजार शुल्क र १३ प्रति’शत भ्याट जोडिन्छ।

त्यस्तै एकै को’ठामा दुई जना सँगै बसे अलि कम पर्छ। यसमा एक व्यक्तिले एक दिनमा ३ हजार र १३ प्रतिशत भ्याट गरी करिब साढे तीन हजा’र तिर्दा पुग्छ। यो शुल्कमा ट्रेकर्स हाउसले संक्र’मितलाई बिहानको ब्रेकफास्ट, म’ध्यान्ह खाना, दिउँसो खाजा र बेलु’की खाना खुवाउने भट्टले जान’कारी दिए।

उनका अनु’सार होटलले स्वस्थकर र सन्तु’लित खानामा प्राथमिकता दिएको छ। होटल’का कर्मचारीले खाना प्याके’जिङ गरेर कोठामा पुर्‍याउँछन्। ट्रेकर्स हाउसमा आइसोलेसनका लागि सम्पर्कः ९८४९२३४७१८ -सेतो पाटी बाट

प्रतिकृया दिनुहोस्