अमेरिकामा अचानक १५ सय चराहरू आका’शबाट खसे

अमेरि’कामा सुन्दै अचम्म लाग्ने घटना देखिएकाे छ । त्यहाँकाे फिलाडे’ल्फिया शहरमा गत शुक्रबार करिब १५ सय चराहरू आका’शबाट अचानक खसेकाे र तीमध्ये अधि’कांशको मृ’त्यु भएकाे त्यहाँका समाचार माध्यम र चराविज्ञ’हरूले जनाएका छन् ।

न्यू’याेर्क पाेस्टका अनु’सार जाडाे याम सुरू भएर दक्षिणतिर ताताे खाेज्दै उडिर’हेका ती चराहरू अ’चानक फुतु’फुतु भुइँमा खसे । यसरी धेरै संख्या’मा चराहरू अचानक भुइँमा खसेर मरेकाे देख्दा याे के विनाशकारी संकेत हाे कि भनेर त्यहाँ बासिन्दाह’रूमा त्रास छाएकाे बता’इएकाे छ ।

हुन त यस्ता घट’ना यस’अघि पनि हुने गरेका थिए । सन् १९४८ मा पनि यस्तै घटना भ’एको थियो भने सन् २०१२ मा पनि त्यहाँ न्यू’जर्सी राज्य र सन् २०१८ मा मि’साैरीमा पनि दर्जनाैँ च’राहरू अाकाशबाट खसेकाे समाचा’रहरू अाएका थिए ।

यसपट’क भने फिलाडे’ल्फियामा हजारभन्दा बढी चार खसे’काे बताइएकाे छ । त्यहाँ वन्य’जन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्की’ले फेसबु’कमा स्टाटस राख्दै अघिल्लो शुक्रवार बिहान ५ बजेदेखि ८ ब’जेसम्म आफूले ४०० चरा बटुलेको बताएका छन् । उनले लेखेका छन्, ‘अनेकौं चरा आकाश’बाट खसिरहेका थिए । के भएको हो, हामी’ले थाहा पाएनौं । यो निश्चित रूपमा विनाश’कारी घटना हो ।’

न्यू’याेर्क पाेस्टले १ हजा’रदेखि १५ सयसम्म यी चराहरू विभिन्न स्थानमा खसेकाे जनाएकाे छ । यसकाे यकीन तथ्यां’क भने दिइएकाे छैन । समाचा’रहरूका अनुसार कतिपय चराहरू लामाे दूरी उड्दै गर्दा अग्ला भवनमा र भवनमा शिशा’मा ठोकिएर खसेको ब’ताइएको छ ।

अग्ला भवन’का शीशा चरा’हरूका लागि खतर’नाक भएको भन्दै केही समयअघि अमे’रिकी संसदमा एक विधे’यक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्र’तिबन्ध लगाउने प्रस्ता’व गरिएको थियो । अमेरिका यसरी बे’लाबेला चराहरू भुइँ’मा खसेर ठूलाे संख्या’मा मर्ने गरेकाे र यसले सराेकारवा’लाहरूमा चिन्ता थपेकाे बताइ’एकाे छ । -न्युज24 बाट

प्रतिकृया दिनुहोस्