बाल बिबाह हुँदै गरेको सुचना पाएपछि प्रहरीले जग्गेबाटै बालबालिका लियो नियन्त्रणमा

रोल्पा’मा बाल बिबाह हुँदै गरेको सुच’ना पाए’पछि प्रहरीले जग्गेबाटै बालबालिका सहित अबि’भावकलाई समेत नियन्त्रणमा ल्याएको छ।

रोल्पाको त्रिबेनी गाउँपा’लिका वडा नम्बर ७ मा’थिल्लो तितिम गाउँका दुम्लाखोला स्थित पञ्च’बहादुर वलिका १७ बर्षिय छोरा प्रकाश वली र सोही वडा निबासी दुम्ला’खोला स्थित इन्द्रबहादुर बुढाका १४ बर्षिया छोरी बिष्णु बु’ढाबीच बाल बिबाह हुँदै गरेको भन्ने गोप्य सुचना पा’एपछि प्रहरी चौकी जु’गारबाट पुगेको टोलिले बिहेको जग्गेबाटै बालबालिका सहित अबि’भावकलाई समेत नियन्त्र’णमा लिएको जिल्ला प्रहारी का’र्यालय रोल्पाले जा’नकारी दिएको छ।

नियन्त्र’णमा लिएको केही सम’यसम्म प्रहरी चौकी जुगारमा राखेर बालबि’बाहबाट हुने खतरा र नियमबारे प्रष्ट पारेर उनीहरुलाई आआफ्नो घर पठाइएको जिल्ला प्रहरी का’र्यालय रोल्पाका प्रबक्ता इन्स्पेक्टर शंकर खड्काले बताउँनु भयो।रोल्पामा बाल’बिबाह सबैभन्दा ठुलो सामजिक समस्या बन्दै आएको छ।

स्था’नीय सरकार देखि विभिन्न निका’यहरुले बा’लबिबाह न्यूनीकरणका लागि समयसमयमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन्। तर यसको प्रभाव’कारिता भने देखिएको छैन। -news24 बाट

प्रतिकृया दिनुहोस्