कुलमान बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो आज पनि ठाउँ’ठाउँमा विद्युत कटौती

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर उनी बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो बढ्न थालेको छ ।

व्याप्त जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालये विना जानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गर्‍यो । तर, पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।
यद्यपि प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ ।

विभिन्न स्थानमा मर्मत सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्न परेको प्राधिकरणले प्रष्ट्याएको छ । नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ ।

प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।

ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।

यस्तै बाला’जु वित’रण केन्द्रअन्त’र्गत पर्ने विष्णु’मति फिडरमा चक्रपथ विस्ता’र कार्य जारी रहे’काले १० बजेदेखि ३ बजे’सम्म बत्ती काटिने बताइ’एको छ ।

यस्तै वाइ’पास विद्युत् संरचना सार्न तथा व्यव’स्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि नै विद्यु’त कटौती गरिएको दिउँसो १ बजेसम्म बत्ती नआउने प्रा’धिकरणले जनाएको छ ।

चित’वनकै मेघौली, नारा’यणगढ, गीतान’गर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परि’वर्तन गर्न सोही समयमा बत्ति काटिने बताइ’एको छ । चितव’नको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न ब’त्ती काटिने छ ।

नवल’पुरको कावा’सोती र अरूण’खोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदे’खि विद्युत कटौती भएको छ । त्यस क्षेत्रको विद्यु’त दिउँसो ४ बजे’पछि सुचारू हुने छ ।

पोखरा’को हेम्जा’मा स्मार्ट मिटर परिव’र्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरा’नदेखि धन’कुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म विद्युत कटौती गरिने प्राधिक’रणले जनाएको छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्