आज नेपालमा एकैदिन हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला

मुलुकमा थप २ हजार ७ सय २२ जना’मा कोरोना भाइरस कोभिड १९ संक्र’मणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्राल’यका अनुसार प्रदेशको १ को उदयपुरमा २ जना, खो’टाङमा १ जना, झापा’मा २३ जना, ताप्लेजुङमा १ जना, तेहूथुममा २ जना, मोरङमा १ सय ५० जना, संखुवा’सभामा १ जना र सुन’सरीमा २३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनु’षामा ५ जना, पर्सामा २४ जना, बारामा १४ जना, महो’त्तरीमा ६ जना, रौतहटमा ४ जना, सप्तरीमा १५ जना, सर्लाहीमा ६ जना र सिर’हामा २२ जनामा संक्र’मण पुष्टि भएको छ ।

यता, वागम’ती प्रदेशको का’ठमाडौंमा १ हजार २ सय ८० जना, काभ्रेमा २३ जना, चितवनमा ८३ जना, दोल’खामा २ जना, धादिङमा २३ जना, नुवाकोटमा ११ जना, मकवानपुरमा ५५ जना, रामेछापमा ३ जना, सिन्धुपाल्चो’कमा १० जना, सिन्धुलीमा १३ जना, ललितपुरमा १ सय ६२ जना र भक्तपुरमा १ सय ९६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्ड’की प्रदेशको का’स्कीमा १३ जना, गोरखामा ४ जना, तनहुँमा ७ जना, नवलपरासी पूर्वमा १६ जना, पर्वतमा १ जना, लमजुङमा १४ जना, वागलु’ङमा १२ जना र स्याङजामा २ जनामा संक्र’मण देखिएको छ ।

यता, प्रदेश ५को कपिल’वस्तुमा ७ जना, गुल्मीमा २६ जना, दाङमा २८ जना, नवलपरासीमा २३ जना, पाल्पामा ११ जना, बर्दियामा ९ जना, बाँकेमा ७० जना, र रुपन्दे’हीमा ९२ जनामा संक्रम’ण देखिएको छ ।

यस्तै, कर्णा’ली प्रदेशको कालिको’टमा ३ जना, जुम्लामा ६ जना, दैलेखमा १० जना, सुर्खेतमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरप’श्चिम प्रदेशको अ’छाममा ८ जना, कञ्च’नपुरमा ७ जना, कैलालीमा १३ जना, डोटीमा ८ जना, दार्चुलामा १५ जना, बझाङमा ५ जना, बाजु’रामा १ जना र बैत’डीमा ३ जनामा सं’क्रमण देखिएको समाचार न्युज२४ नेपालमा छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि नेपालमा संक्रमित हुनेको संख्या बढेको छ । अहिले २१ हजार २३४ जनामा संक्रय संक्रमण छ ।

संक्रमितको संख्या यही दरमा बढ्दै गए नेपालले कोरोनाको उद्‍गमस्थल चीनलाई एकदुईदिनमा उछिन्ने मात्र होइन बिस्तारै संसारकै सबैभन्दा बढी संक्रमित रहेका देशहरुको सूचीमा पर्ने देखिएको छ।

चाडवार्ड नजिकिएको र सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं उपत्यकामा संक्रमण फैलिएकाले नेपाल संसारमै धेरै असरपर्ने मुलुकहरुमा पर्ने देखिएको छ। शुक्रबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६३८ संक्रमित थपिएका छन् ।

विश्वमा कोरोनाको संक्रमण र अवस्थाबारे अपडेट गरिरहेको अनलाइन पोर्टल वल्डो मिटर्सको तथ्यांक अनुसार नेपाल उच्च संक्रमितको देशको सूचीमा माथि चढ्नेक्रम बढेको छ ।

यो समा’चार तयार पार्दासम्म नेपाल उच्च संक्रम’णमा रहेका विश्वका देशको सूचीमा ४६औँ स्थान’मा पुगेको छ।वल्डो मिटर्सको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित अमेरि’कामा छन् । दोस्रो धेरै संक्रमण फैलिएको देश भारत हो – खबर हब

प्रतिकृया दिनुहोस्