कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सक’को मृत्यु भएको छ । कोरोना संक्रमि’तको उपचारमा खटिएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्य’रत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको काेराे’नाकै कारण मृ’त्यु भएको हाे ।
बिहीबार एक्का’सी स्वास्थ्यमा स’मस्या देखिए’पछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ः३० मृ’त्यु भएको कर्णा’ली प्रदेश स्वास्थ्य निर्देशना’लयका प्रमुख डा. रविन खड्काले जान’कारी दिनुभयाे ।
५९ वर्षीय डा. सापकोटा यही भदौ २९ गतेदेखि सोही अस्पतालमा उपचाररत रहेकोमा श्वास’प्रश्वासमा स’मस्या देखा’परेपछि असोज १ गते अस्पता’लको को’भिड विशेष आइसो:लेसन वार्डमा भर्ना गरेर उप’चार सुरु गरिएको थियो ।
उनले मधु’मेह र उच्च रक्त’चापको नियमित औष’धि लिइरहेतापनि अस्पतालमा भर्ना हुँदा उनको मधुमे’ह नियन्त्रणमा नरहेको अस्पता’लले जनाएको छ ।
डा. सापकोटा’लाई सुरुमा अक्सिजन मात्रा सामान्य बनाउन तथा ब्लड सुगर नियन्त्रण’को निम्ति विभिन्न कि’सिमका इन्सुलि’न र एन्टिबायोटिक दिइएको अस्पतालले जनाएको छ ।
साथै, अक्सिजनस्तर सामान्यभन्दा कम रहेकाले कन्टिनियुस पोजेटिभ एअरवे प्रेसर (सीपीआर) मा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।
सीपीएपीमा पर्याप्त अक्सिज’नस्तर कायम नभएकाले विलिभल पोजेटिभ एअवे प्रेसर तथा पछि हाइ फ्लो नसल क्यानु’लामा समेत राखी उपचार गरिएको थियो । यस बीचमा उनलाई रिम्डिसि’भिरका साथै प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।
उपचारको क्रममा उनको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत् थप सुविधा’सम्पन्न ठाउँमा पठाउने ह’रसम्भव प्रयास गरिएको भए पनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा अन्यत्र पठाउँदा बाटोमा दुर्घटना हुने सम्भावना देखि’एपछि उहाँ’लाई अन्यत्र लान नस’किएको अस्पता’लले उल्लेख गरेको छ ।