सार्वजनिक भयो दशैँको टीकाको उत्तम साइत हेर्नुहोस्

नेपाल पञ्चा’ङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सा’र्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनि’बारदेखि नेपालीको महान् चाड बडा’दशैँ शुरु हुँदैछ ।

दुर्गा पक्ष’समेत भनिने दशैँको पहिलो दिन वै’दिक सनातन धर्माव’लम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्था’पनाको साइत कात्तिक १ गते श’निबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्य’क्ष प्रा डा रामचन्द्र गौत’मले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष घटस्था’पनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत नि’स्किएको समितिले जनाएको छ । नवरा’त्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उप’युक्त दिइएको जनाइएको छ ।

घट’स्थापना गरिएको कलशको मुखमा नवदु’र्गालाई आह्वान गरी नौ रात १० दिनसम्म वि’धिपूर्वक पूजा आराधना एवं दुर्गा सप्त’शती चण्डी, देवी’भागवत्, देवी स्तोत्र’लगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशे’षरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको स ङ्क्र मण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्ये’श्वरीलगायत राजधा’नीका मुख्य शक्तिपी’ठमा भक्त’जनलाई दर्शन गर्न दिइएको छैन ।

कात्तिक २ गते आ’इतबार बिहान १०ः५३ बजे प’श्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेष’गरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुध’बार पचली भैरव यात्राको साइत जुरेको छ ।

कात्तिक७ गते शु’क्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशे’षगरी बेलुकी नवदुर्गा स्थापना गरी घट’स्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूल’पाती भित्र्याइन्छ ।

कात्तिक ७ गते शुक्रबार फू’लपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवा’नीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

कात्तिक ८ गते शनिबार म’हाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिस’हित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइ’तबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आ’राधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलि’सहित पूजा आरा’धना हुन्छ ।

दशैँ’को मुख्य दिन कात्तिक १० गते सो’मबार विजया’दशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्ज’नका लागि बिहान १०ः११ बजेको सा’इत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाउनुभयो । विजया’दशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

“आर्या’वर्त क्षेत्रका राज्य सञ्चालकले अनि’वार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पा’किस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशा’सन दिनसक्ने शा’स्त्रीय मान्यता छ”, उहाँले भन्नुभयो ।

विजयादशमीका दिन घ’टस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्य’जनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विज’यादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णि’माका दिनसम्म मान्य’जनबाट टीका’सहित आशीर्वाद लिइने परम्परा छ ।

टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भ’वानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भ’वानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्ग’यात्रासमेत यसैदिन गरिन्छ ।

कात्तिक १४ गते शु’क्रबार विधि’पूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजा’ग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आरा’धना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णि’माको व्रत बस्ने गर्छन् ।

चान्द्र’मासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्र’तिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमास’का कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मल’मासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ । -इताजा खबर बाट साभार

प्रतिकृया दिनुहोस्