सुशान्त सिंह राजपुतको केस लागुऔष’ध मु’द्दामा तानिएसँगै बलिउड कलाका’रहरु एनसीबीको निशा’नामा परिरहेका छन् । भारतीय चलचित्र क्षेत्रमा ला’गुऔ’षधसम्बन्धी मु’द्दामा शाहरुख खानसहित एकैपटक चार नायकको नाम जोडिएको छ।
यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछि’एकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको हो।
सुशान्त सिंह राज’पुत मृ’त्यु प्रकर’ण अ’नुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔ’षधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छान’बिन भइरहेको हो। जसको अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेको छ।
यस क्रममा उल्लिखित चार नाय’कको नाम पनि जोडिन आइ’पुगेको दैनिक भास्करले जनाएको छ। एनसीबीका अधिकारी’लाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपा’लले शाहरुख खानलाई ड्र’ग्स सप्लाई गर्ने गरेको खबर लेखेको छ।
दिल्लीका एनसीबी अधि’कारीले नाम गोप्य राख्ने सर्तमा ड्र’ग्स कनेक्सनमा बलिउ’डका ठूला नायकको नाम खुला’सा गरेको दैनिक भास्करले जनाएको छ।