हिमानी शाहको चर्चा उनको सुन्द’रताको कारण पनि हुने गर्दछ । पूर्व राजप’रिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाज’सेवामा ब्यस्त छिन् ।पूर्व युवराज पारस शाहसँग उनको बैवा’हिक सम्बन्ध त्यति सुमधुर रहेको पाइएको छैन ।
उनको र पारसको सम्बन्धका चिसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वी’रहरु सार्व’जनिक हुने गर्दछन् ।
नेपालको राज घराना की पूर्वयुवराज्ञी यिनै हिमानी शाहको आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारत’को राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी छिन् ।
उनका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालिन राजदरवारले उनलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।
३ बच्चाकी आमा भए पनि सदा’वहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अव:सरमा उनका आफन्त, शुभचिन्तक र सामा’जिक सञ्जालका प्रयोगक’र्ताहरुले शुभकामना दिइरहे’का छन् ।
भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राज’कूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।
उनीहरुका एक छोरा हृदये’न्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समा’जसेवामा ब्यस्त छिन् भने छोराछो:रीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् । पछिल्लो समय हिमा’नी र उनका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो ।