एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना अरु के के सजाय थाहपाउनुहोस्

सरकारले ते’जाब (एसिड) सम्ब’न्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउने तयारी गरेको छ । बिही’बार बसेको मन्त्रिपरिषद बैठकले तेजा’बसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

मन्त्रिपरि’षदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादे’शमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।

अबतेजाब फ्याँ’की, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अ’ङ्गभङ्ग तुल्याएमा र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपै’याँसम्म जरिवाना निर्धारण गरिएको छ ।

फौज’दारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्या’पी दुवै आँखा जले, दृष्टि गुमेमा, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए वा कानको जाली क्षति भई काम नला’ग्ने भएमा, अनुहार पूर्ण रूपमा ज’लेमा, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जलेर क्षति भए बीस वर्ष’सम्म कैद र १० लाख रुपैयाँ जरिवाना नि’र्धारण गरिएको छ ।

यो सजाय एक दिन पनि माफी–मिनाहा नहुने र पूरै अव’धि जेल बस्नुपर्ने प्रावधान राखिएको छ । सं’शोधित संहिता’मा तेजाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्ण’रूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सात देखि दसवर्ष कैद सात ला’खदेखि दस’लाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

त्यस्तै तेजाब छ्या’पेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृ’तिअनुसार पाँचदेखि द’सवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरि’वाना निर्धारण गरिएको छ ।

प्रधान’मन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएपछि कानुन न्याय तथा संसदीय मामि’ला मन्त्रालयले मस्यौदा गरेर ऐन बनाएको हाे । गत २५ भदौमा प्रधानमन्त्री निवास बालु’वाटारमा एसिड आक्रमणका पीडि’तसँग सामूहिक छलफलका क्रममा प्रधानमन्त्री ओलीले कडाभन्दा कडा कानुन बनाएर १५ दिनभित्र मन्त्रि’परिषद्मा पेस गर्न नि’र्देशन दिएका थिए ।

News24 बाट साभार

प्रतिकृया दिनुहोस्