गत माघ १ गते पोखरामा दु’र्घट’नामा परेको यती एयरलाइन्स दु’र्घट’ना हुन करिब १४ सेकेन्ड अघि मात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ ।
दु’र्घट’ना जाँच आयोगको प्रारम्भिक प्रतिवे’दनले जहाज दु’र्घट’ना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘जहाज दु’र्घट’ना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा ब’सेका छन्। जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ ।
यद्यपि, जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको छ । जसका कारण इन्जिनले काम गर्न नसक्दा सेती खोचमा झ’र्न पुगेको देखिन्छ’ प्रतिवे’दनमा भनिएको छ । तर, त्यसदिन वाता’वरण सफा रहेको समेत जाँज बुझ समितिले प्रतिवेदनमा भनेको छ ।
जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँ’चमा खसेको थियो । जहाज ले’न्डिङ हुन करिब १ मिनेट अघि मात्र दु’र्घट’नाग्रस्त हुन पुगेको प्रति’वेदनमा उल्लेख छ ।