चितवनका ३ क्षेत्रमै अगाडि बढ्दै छ घन्टी

तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ। यहाँ स्वतन्त्र पार्टीका उम्मेदवार’हरूले पुराना राज’नीतिक दललाई कडा चुनौती दिइरहेका छन्।

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेस’का विश्व पौडेल’लाई १२ सय’भन्दा बढी मतले पछि पारेका छन्।

पछिल्लो परिणाम अनुसार घन्टी चिह्न लिएर चुनाव लडि’रहेका स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन्। उनलाई पछ्याइ’रहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन्। उनीहरूबीच १२१४ मतको अन्तर छ।यहाँ नेकपा एमालेका उपाध्य’क्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३८८० मत ल्याएका छन्।

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नै चुनावी मैदानमा होमिएको चितवन-२ मा उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठ’लाई उछिनेका छन्। लामिछाने अहिले यहाँ दोस्रो स्थानमा छन्।अहिले’सम्म ७०४१ मत गन्दा रवि लामि’छानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।

यहाँ नेकपा एमाले’का कृष्ण’भक्त पोखरेलले आफ्नो अग्रता का:यमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।त्यस्तै चितवन नि’र्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पा:र्टीकी जीता बराल तेस्रो स्थानमा पुगेकी छन्। उनले २७२० मत ल्या’एकी छन्।

पछिल्लो परिणाम’अनुसार यहाँ राष्ट्रिय प्रजा’तन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन्। उनले ३०८७ मत प्राप्त गरेका छन्।माओ’वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छाडेको चितवन-३ मा माओवादी उम्मेदवार भोज’राज अधिकारी दोस्रो स्था’नमा सीमित छन्। उनले २८४१ मत पाएका छन्।

नेपाली काग्रेस’का बागी उम्मेदवार दिनेश कोइराला भने चौथो स्थानमा झरेका छन्। माछा चिह्न लिएर चुनाव लडेका कोइ’रालाले २५५७ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्