अब यी नेपालीलाई जापान पठाउने बाटो खुल्यो

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्था’मा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजी’करण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्य’समितिको बैठक सम्पन्न भएको छ ।

काठमाडौँमा आज सम्पन्न बैठकमा जापा’नको स्पेसि’फाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्या’न्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्य’विधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामा’जिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जापान सरकारले त्यहाँको औप’चारिक माध्यम’बाट एस’एसडब्लु प्रणाली’अन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझ’दारीपत्रमा नेपाल तथा जापानको सम’सामयिक कानूनी व्यवस्था समेटेर परि’मार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफ’ल भएको थियो ।

संयुक्त कार्य’समितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्षबीच सह’मति भएको छ । संयुक्त कार्य’समितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयर’गिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर्स’ (एसएसडब्लु) प्रणाली’अन्तर्गत नेपाली नागरिक’लाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापा’नका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ ।

बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोज’कत्वमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमाल’चन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर’बहादुर सुनुवार र मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाल र जापानी प्रतिनिधि’मण्डलको तर्फबाट सहा’यक उपमन्त्री चोमुतो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भौतिकरुपमा सहभागिता जनाएको थियो ।

जापानका सम्बद्ध निकायका अन्य प्रति’निधिले भर्चुअल माध्यमबाट सह’भागिता जनाएको मन्त्रालयले जनाएको छ । बैठकको शुभारम्भ गर्दै श्रम मन्त्रालयका सचिव एक’नारायण अर्यालले नेपाल–जापान श्रम समझदारी पत्र कार्यान्व’यन गरी नेपाली नागरिक’लाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्य समितिको बैठक’लाई शुभकामना दिनुभएको थियो ।

जापानी प्रतिनिधि’मण्डलद्वारा श्रममन्त्री’सँग भेटवार्ता

बैठक’पछि जापानी सहायक उपमन्त्री चोमुतो नेतृत्वको प्रतिनिधि’मण्डलले श्रममन्त्री शेर’बहादुर कुँवरसँग भेटवार्ता गरेको छ । भेटमा भाषा परीक्षा उत्तीर्ण भएका र सीप सिकेर बसेका नेपाली कामदारलाई तत्काल जापानमा रोज’गारीका अवसर उपलब्ध गराउने’बारेमा छलफल भएको थियो ।

सो अव’सरमा मन्त्री कुँवरले पाँच हजार बढी नेपाली रोज’गारीका लागि जापान जाने तया’रीमा रहेको जानकारी गराउनुभएको थियो । भेटमा उपमन्त्री चोतुमोले आजको गोष्ठी नेपाली काम’दार जापान लैजानका लागि सकारात्मक भएको विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले अहिले जापानमा काम’दारको माग धेरै भएकाले (एसएसडब्लु) मार्फत पाँच हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौता कार्यान्वयनमा ढिलाइ भए’कामा चासो व्यक्त गर्दै नेपाली कामदार’लाई जापान लैजान भइ’रहेका समस्या समाधान गरी रोज’गारीको बाटो खुला गर्न आफूले सहजीकरण गर्ने प्रतिब’द्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्