नेपाल प्रहरी’को इतिहासमा अनौठो संयोग जुरेको छ । ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारि’स हुँदा बुबा छोरा एकै पटक परेर संयोग कायम भएको हो ।
पछिल्लो समय प्रह’रीको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएस’पीमा बढुवा गर्ने निर्णय भएको हो।
संयोगबस बढुवामा परेका मध्ये २ जना बाबुछोरा रहनुभएको छ । राजेन्द्र अधिकारी र उहाँका छोरा उद्धव अधि’कारी एकैदिन डिएसपीमा बढुवा हुनु’भएको छ ।
छोरा उद्धव प्रावि’धिक तर्फबाट इन्स्पेक्टर’बाट डिएसपीमा बढुवा हुनुभएको छ । सोही बढुवामा सामान्यतर्फ बाबुपनि डिएसपीमा बढुवा हुनुभयो ।बुबाको ढिला भयो, छोरा माथिल्लो दर्जा’बाट नै सुरु प्रवेश र प्राविधिक’तर्फ भएकाले छिटो भयो । यो अनौठो संयोग अहिले नेपाल प्रहरीमा चर्चा’को विषय बनेको छ ।। – जनबोली