म्यादी प्रहरीलाई तालिम दिएर विभिन्न क्षेत्र जागिर लगाइने

सरकारले म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने बताएको छ ।

अर्थम€न्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चुनाव सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रह`रीलाई तालिमसमेत दिएर विभिन्न क्षेत्रका काममा प्राथमिकता दिइने बताउनुभयो । म्यादी प्रहरी बनेकाहरूलाई लक्षित गरेर विकास निर्माण, सीप विकास लगायतका कार्यक्रम ल्याइने अर्थमन्त्री शर्माले बताउनुभयो ।

राष्ट्रिय प्रजात€न्त्र पार्टीले सरकारले सार्व`जनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन`सक्ने खालको नरहेको बताएको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देन`ले चुनावी सर`कारले ल्याएको बजेट परम्परागत र चुनाव लक्षित रहेको बताए ।

‘कार्यान्वयन`मा सम`स्या हुने देखिन्छ र विगतमा भएका गल्ती कमजोरीलाई सच्याउने प्रतिवद्ध`ताहरु छैनन् । खासग`री खर्च गर्ने क्षमता`को कसरी विकास गर्ने ? बजेट बढ्ने तर खर्च नहुने प्रवृति छ’, लिङ्देनले भने, ‘जहाँ खर्च हुन€सक्छ त्यहाँ बजेट नहुने त्यो परम्परा यसमा पनि दोहोरिने सम्भाव€ना प्रशस्त देखिन्छ ।’

उनले परम्परागत बजेट`भन्दा अलग नभएको भन्दै केही चुनाव केन्द्रीत योजनाहरु अघि सारिएका बताए । ‘यो बजेट कार्यान्वयन नहुँदै चुनाव हुने र नयाँ सरकार आउने हुँदा यसबाट धेरै अपेक्षा गर्न सकिँदैन ।’

प्रतिकृया दिनुहोस्