पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क`विहीन भएको छ।१९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौं`स्थित यति एयरलाइन्सको केन्द्रीय कार्या`लयले पुष्टि गरेको छ।

विमानमा १९ जना यात्रु रहेको यति एयर`लाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।‘विमान अहिले`सम्म सम्पर्क`विहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखरा`बाट जोम`सोमको लागि उक्त जहाज उडेको थियो। मौसम त्यति राम्रो थिएन।’

मौसम ख`राब भए पनि ताराको जहाज जानु`अघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोम`सोममा स`कुशल अवतरण गरेको थियो।

तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो। ताराले विशेष गरी सानो जहाजबाट देशका पहा`डी क्षेत्रमा उडान भर्दै आएको छ। – नेपाल खबर

प्रतिकृया दिनुहोस्