यस्ता पो मेयर ! जो निर्वाचित भएको भोलिपल्टै सडक सफाई गर्न झाडु लिएर बढार्न निस्के (भिडियो सहित)

धरान उपमहानगर`पालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौ`कमा पुगेका छन् । क्लिन धरानको अभियान सहित मेयर राई शहर`लाई सफा राख्न र फोहोर नगर्न भन्दै धरान`को मुटु मानिएको भानु चौकमा सर`सफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।

राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने मेयर आफै सरस`फाईमा जुटेपछि सहयोगी र अभियान्ता`हरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सर`सफाई गर्न मातहतका कर्म`चारीलाई निर्देशन दिएका थिए ।

बुधबारै मेयर राईले बिहिबार हुने सर`सफाई कार्यक्रममा सहभागि हुन आफ्नो सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सह`भागिहुन अनु`रोध गरेका थिए । अभियान्ता र पत्र`कारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानु`चोकमा रहेको पव्लिक ट्वाइ`लेटको समेत निरिक्षण गरेका थिए ।

यो पनि.. गत बैशाख १२ गते सुनसरीको धरान उपमहा`नगरपालिकाको मेयर पदका लागी एक भुँइमान्छे हर्क साम्पाङले उमेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनीनै हुनेछन् धरानको भावी मेयर, तर निर्वाचनको अन्तीम मत परिणाम आउँदा झट्ट सुन्दा असमान्य लाग्ने नतिजा धरा`नले निकालेको छ ।

भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक स`मस्यामा नजिक बाट लड्दै भिड्दै आएका साम्पाङ अन्तत धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।साम्पाङले आफ्नो नामको पछाडी ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन् उनको जितले बास्तवमै एउटा क्रान्ति बोलेको छ ।

धरानको मेयरमा निर्वाचित हुने वित्तिकै साम्पाङले सामाजिक संजालमा एउटा स्टाटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउँनु भनेर अनुरोध गरे त्यसो त उनले चुनावी अभियान भरिनै खादा माला नकिन्नु बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए यसबाट पनि उनको सोचाइको उचाई कति छ भनेर नाप्न सकिन्छ ।

एकातिर नेपाली काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतको गठबन्धन त अर्को तिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिष्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर ,एक्लै पर्चा बाँडेर बिजयी हुन उनका लागी चानचुने कुरा थिएन त्यसैले होला अन्तीम मत परिणाम घोषणा हुँदा साम्पाङले आँशु रोक्न सकेनन् आँखा भएर नुनिला धारा बगिहाल्यो ।

जनताले दिएको भोट नै आफ्नो लागी सबैभन्दा ठूलो सम्मान भएको र त्यसका लागी आफु सदैव ऋणि हुने भन्दै शिरको टोपी राखेर एक भावुक स्टाटस उनले सामाजिक संजालमा पोष्ट गरेका छन् । एउटा भुँइमान्छेले व्यालेट बाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यति खेर देशै भरि भइरहेको छ ।

धराने जनताको खानीपानी समस्या , भ्रष्टाचार विरुद्धको आन्दोलन लगायतका हेरक सामाजिक मु|द्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहे|लित र बहिस्कृत हुँदा समेत न्यायको लडाइँमा नलर्खराएका उनका खुट्टाले यति खेर बल्ल दरिलो आड पाएको छ ।

जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पी`डा र दर्दका कथा भने निकै मन छुने छ ।

समान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजागरीका लागी इराक र अफगानस्थान पुगेर १० बर्ष पसिना बगाएका छन् । यी दुवै मुलुक नेपालीका लागी प्रति|बन्धीत मुलुक हो । अन्यन्तै कष्टर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागी उनले ज्या`नको बाजीनै लगाएर जोखिमपुर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किए पछि निरन्तर धरानका जनताको दुखमा लड्नै आए ।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान(१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पस`बाट स्नातक तहसम्मको अध्य|यन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।

उनको परिवारमा आमा, पत्नी र दुई छोरा|छोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।

उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मु|द्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे ।

धरानका खोला|नालामा ठेके|दारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङ`सहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइ|तेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तो`डफोड गरेको मु`द्दामा थुना पनि पठाइएको थियो।

उनी २०७६ मा धरानको उप|निर्वाचनमा उम्मेदवार बने। उनको उम्मेद|वारीलाई मत`दाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलो|पटक कांग्रेसका तिलक राई मेयर बने।

साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघि`सम्म जारी थियो।अरू उम्मेद|वारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।

दलका उम्मेद|वारको भाषण सुन्न धरान|भरिबाट गाडीमा मान् दलका उम्मेदवारको भाषण सुन्न धरान`भरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोता`विहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।

बाइक ‍र्‍याली, आमसभा साम्पा|ङको बुता|बाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले ‍र्‍याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मे|दवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्‍यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मत|दाता भेट्दै घरघरै लुसुलुसु पसिर`हेका हुन्थे।

दलहरूका मञ्चमा कलाकार`हरूको भीड लाग्थ्यो। साम्पा`ङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइ|कमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोष`णापत्र लेख्ने विज्ञ|हरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धता|पत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।

अन्तत उनको विद्रोह`को बोलीमा धराने जनताले पनि लोली मिसाइ`दिएका छन् र भारी मतान्तरले उनी आगामी पाँच बर्षका लागी धरान उपमहानगरपालिकाको मयेर बनेका छन् । उनी माथी जनताले गरेका आशाको चुली जती छ त्यतीनै उनीमाथी चुनौतीको पहाड पनि अगाडी ठडिएको छ । आफुले खोजेको बाटोमा ज`नताले राजेर पठाइदिए पछि अर्को चुनौतीपुर्ण यात्राको सुरुवाता साम्पाङले गर्दैछन्।

मेयरका रुपमा राज्यले दिने तलब भत्ता लिने तर त्यसभन्दा बढि एक रुपैँया पनि हिना`मिना गरेको प्रमाणित गरेका एक`हप्तामा राजिनामा दिएर कहिल्यै नफ|र्कने गरि धरान छोड्ने सार्वजनिक कसम खाएका साम्पाङको सफलता या असफलता`लाई धरानले मात्रै होइन सिंगो मुलकले नजिक`बाट चिहाइरहने छ ।

प्रतिकृया दिनुहोस्