बाहुनकी छोरी ‘दलित महिला सदस्य’मा विजयी, आखिर कसरी ? यस्ताे छ कहा`नी

उनी पोखरेल थरकी (जैसी क्षेत्री) ब्राह्मणकी छोरी हुन्, जो यस`पालीको स्थानीय तह निर्वा`चनमा गुल्मीको एक वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।

झट्ट सुन्दा जैसी ब्राह्मण`की छोरी दलित महिला सदस्य`मा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।

किनकि उनले दलित समु`दायका युवासँग अन्तरजा`तीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ धुरगाउँकी २१ वर्षीया मिना पोखरे`ल परियार ।

जसले २०७४ सालमा आफ्नै छिमेकी नारा`यण परियार`सँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरुले उम्मेदवा`री दिएका थिए ।

स्वतन्त्र उमेदवारका रुपमा मधु दर्जी । नेपाली कांग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उमेदवार थिए ।

अन्तिम मत परि`णम यस्तो आयो कि स्वतन्त्र उमेद`वार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्वी कांग्रेसकी पार्वती बिकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परिया`रले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् कांग्रेसकी बिकलाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकलाई ४७३ मतले पराजित गरेकी हुन् ।

यसरी त्यस वडामा सबै`भन्दा पपुलर मतले विजयी भएकी मिना पो`खरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, प्ुष्कर सरले कर गरेर निकै हौसला दिनु`भयो । उहाँकै प्रेरण`बाट उठेँ । तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगें । निकै खुशी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जन`प्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् ।

शिक्षक तथा प्रेस सेन्टर नेपा`लका सदस्य समेत रहेका पुष्कर खड्का भन्छन्, ‘मिनाले छिमेकमै अन्तरजातिय विवाह गरेर सदियौंदेखि जातीय विभेदको जञ्जिर तोड्दै समाजको सामना गरिन् । त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अन्याय, अत्याचारविरुद्ध महिलाहरुलाई संगठित गर्दै सशक्त ढंगले सामा`जिक सेवा सक्रियता देखाइरहिन् ।

जातीय रुपमा कुनै समय कट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवार`बाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चुनौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दा`पढ्दै उनको नारायण परियारसंग विवाह भएको थियो ।

मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओ`वादीको विद्यार्थी संगठन अखिल क्रान्ति`कारीको सदस्य`ता लिएकी थिएँ । क्रमशः माओ`वादीको राजनीति निकै मन प¥यो, संगठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जिते`पछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौस`ला जागेको छ ।’

गुल्मी`मा अहिले`सम्म प्राप्त जानकारीअनुसार उनी सबै`भन्दा कान्छी विजयी उमेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपाली`ले पुनः वडाध्यक्ष जितेका छन् ।

प्रतिकृया दिनुहोस्