गगन थापाको आफ्नै वडामा पनि बालेन शाहले पाए सबैभन्दा धेरै मत

नेपाली कांग्रेसका महा`मन्त्री गगन थापाको वडामा कांग्रेस उम्मेदवा`र फराकिलो अन्तरले वडा`ध्यक्षमा विज`यी भएका छन् । वडा`ध्यक्षमा निर्वाचित दल`बहादुर कार्कीले २ हजार ६१ मत ल्याए । तर कार्कीले यत्तिका मत ल्याउँदा कांग्रे`सकी मेयर उम्मेदवार सिर्ज|ना सिंहले भने उनको भन्दा आधा कम मात्रै मत पाइन् ।

काठमाडौं महानगर`पालिकाको ३० नम्बर वडामा वडाध्यक्ष`सहित प्यानलै कांग्रेस`बाट विजयी भएका छन् । मेयर उम्मेद`वार सिंहले १ हजार १९ मत मात्र पाइन् भने यस वडामा पनि स्वतन्त्र उम्मे`दवार बालेन साहले मेयरमा सबैभन्दा बढी मत पाए । साहले १ हजार ७०१ प्राप्त गरे ।

दोस्रो स्थान`को मत सिंहले ल्याइन् भने एमा`लेका मेयर उम्मेदवार केशव स्थापितले ७४९ मत प्राप्त गरेका छन् । यस वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले ८४८, राप्र`पाले ५२१, एकीकृत समाज`वादीले ३४७ मत पाए ।

कांग्रेसबाट मनोज डंगोल, मिलन कुमार खड्का, सरिता महतो र इन्दु सिंहले वडा सदस्य जितेका छन् ।काठमा`डौंको जारी मत`गणनामा मेयरमा स्वतन्त्र उम्मेद`वार सा`हले २८ हजार २० मत सहित अग्रता कायम राखेका छन् ।

एमाले उम्मेदवार स्थापितले १४ हजार ५४८ मत ल्याएका छन् भने तेस्रो स्थानमा कांग्रेस उम्मदेवा`र सिंहले १३ हजार ९९० मत पाएकी छन् । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्