मात्र १ मतले हारे एमालेका उम्मेदवार आसाराम

काभ्रेको खानी`खोला गाउँपालिका–१ को वडा`ध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मे`दवारले नेकपा एमालेका उम्मेदवारलाई १ मतले हराएका छन्। माओ`वादी केन्द्रका सन्तमान थिङले एमा`लेका आशा`राम गोलेलाई १ भोटले हराएका हुन्।

माओ`वादी केन्द्रका थिङले ५ सय ४८ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा निर्वाचित भएका छन्। उनका प्रति`स्पर्धि रहेका एमालेका गोलेले भने ५ सय ४७ मत ल्याए।

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका बुढा विजयी…

बागलुङको तमान`खोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । नेकपा माओ`वादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्रो कार्यका`लका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए । बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकट`तम प्रतिस्पर्धी पुनले एक हजार नौ सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।

उपाध्य`क्षमा पनि काँग्रेसकै हिरा`कुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी इशु रसाइली`ले एक हजार नौ सय ५८ मत पाएकी छन् । तमान`खोलाको वडा भने दुई दलले आधा आधा जितेका छन् । १, २ र ४ मा माओ`वादी तथा ३, ५ र ६ मा कांग्रेस विजयी भएको हो ।

प्रतिकृया दिनुहोस्