काठमाण्डौमा बालेनले मत बढाउँदै, स्थापितले पछ्याउँदै

काठमाडौं महानगर|पालिकाको मेयर`मा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९८० मतसाथ अग्रता कायम राखेका छन्।शाहलाई ८०० मतसाथ नेकपा एमालेका उम्मे`दवार केशव स्थापि`तले पछ्याइ`रहेका छन्।

गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत पाएकी छन्।वडा १, २, ३, ४ र ३२ को मतगणनाका क्रममा बालेनले अन्य प्रतिष्पर्धीहरुलाई पछि पारेका हुन्।

उता बुट`वलमा कांग्रेसका पाण्डेको अग्रता कायमै राखेका छन् । बुटवल-रुपन्देहीको बुटवल उपमहानगर`पालिका ३ हजार ७५ गणना भएको छ ।

पाँचदलीय गठबन्धन`बाट नेपाली काँग्रेस`का प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् ।

नेकपा एमाले र राष्ट्रिय जन`मुक्ति पार्टीका संयुक्त उम्मेद`वार एमालेका बा`बुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय प्र|जातन्त्र पार्टीका प्रमुखका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमाले|लाई पछ्याइ|राखेका छन् ।उप`प्रमुखमा एमाले उम्मेद|वार सावित्रा अर्यालले अग्रता हासिल गरेकी छिन्।

बुटव`लमा वडा नं १ को गणना सकिए`को छ । २ र १९ नम्बर वडाको मतग`णना जारी छ ।१ मा कांग्रे|सका बागी स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत अध्यक्षमा निर्वाचित भए भने सदस्यमा कांग्रेस उम्मेद्वार विज`यी भएका छन्।

प्रतिकृया दिनुहोस्