ग्यासको मूल्य पसलै पिच्छे फरक, वास्तविक मूल्य कति ? थाहा पाउनुहोस्

डोटीमा पसलै’पिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ ग्यास डिलरमा एक मूल्य तथा सबडि’लरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिए पनि प्र’शासनले नियमन नगर्दा उ’पभोक्ता ठगिएका छन् ।

दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगर’पालिका–२ काला’गाढका स्थानीय हर्कबहादुर साउदले बताए ।

‘डिलर सब’डिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कस’ले बुझ्ने,’ उनले भने । डोटीमा पाइने भेरी तथा रेडिएन्ट ग्यास’को मूल्य ग्यास कम्पनीले एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । तर, ग्यास डि’लरले थोक बि’क्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेका छन् ।

सोही ग्यास सबडि’लरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपा’यल सिलगढी नग’रपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए । उनले भने, ‘ग्यास कम्प’नीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सर’कारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखा’एका छैनन् ।’

ग्यास विक्रे’ताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानका’रीसम्म लिने नगरेको स्थानीय उपभो’क्ताको गुनासो छ ।

दिपायल पिपल्ला’मा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अन’लोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जो’डेर ग्यास बेच्ने गरेको बताए ।

उनले भने, ‘कम्पनी’ले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि उक्त रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौँ, गलत मूल्य लिएका छैनौँ ।’

डिलर’मा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे ।

त्यस्तै पिप’ल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभो’क्ताको आरोप छ ।

कैला’लीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चा’लकहरुले स्वीकार गरेका छन् ।

जिल्लामा खुले’आमरूपमा यसरी ग्यासको मूल्य पसलैपच्छिे फरक पाउने गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्या’सको मूल्य लिएर बिक्री गर्ने व्यापा’रीलाई कारवाही गरिने बताए ।

उनले भने, ‘ग्यासमा सर’कारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पस’लैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गछर्नैँ ।’

जिल्ला’का कुनकुन पसल तथा व्यापा’रीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले नि’र्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जान’कारी दिए ।
खबरहब बाट साभार

प्रतिकृया दिनुहोस्