कांग्रेसको तर्फबाट बुढीगंगा ३ को वडाध्यक्षमा पुन: तिलक नाथ मण्डलको उमेद्वारी

मोरङ/ टेकेन्द्र ओझा : नेपाली कांग्रेसका युवा नेता तिलकनाथ मण्डलले बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कांग्रेसको तर्फबाट उमेद्वारी दर्ता गराएका छन् । यसअघि २०७४ को स्थानिय तहको चुनावमा ३ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित बनेका उनी फेरि वडा अध्यक्षको उमेद्वार बनेका हुन् ।

मनोनयन दर्तापछि उनले पूर्वेली पाना सँग कुरा गर्दै भने “मैले मेरो कार्यकालमा धेरै काम गरेँ, केही नयाँ काम पनि गर्नु छ, केही कामहरु अधूरा, अपुरा रहेका छन् यसलाई पूरा गर्नका लागि पनि मैले उमेदवारी दिएको हुँ ” ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाटनै खुला सदस्य पदको लागि नरबहादुर बुढाथोकी, लोकनाथ चौधरी र महिला सदस्यमा श्रृजना कोइराला बराल साथै दलित महिला सदस्यमा मैनसरि ऋषिदेवले उमेद्वारी दर्ता गराएका छन् ।

यो वडा नेपाली कांग्रेस संगठन राम्रो भएको क्षेत्र मानिन्छ । त्यसैले कांग्रेस नेता कार्यकर्ता चुनाव जित्ने दाबी गर्दै उत्साहित देखिन्छन् ।

प्रतिकृया दिनुहोस्