यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छुः बलिउड अभिनेता सोहेल खान

बलिउड अ’भिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने ब’ताएका छन् ।बलिउड सु’परस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठ’माडौं आइपुगेका उनले उक्त कुरा बता’एका हुन् । सलमान र सोहेल दाजुभाई हुन् ।

‘मलाई नेपाल एक’दमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयो’जना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आ’एको छु । यसपटक एभ’रेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रि’लोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्नको लागि आउन सबैलाई अनु’रोध गरेका थिए । ‘दबङ रिलोडेड टुर’ मा सल’मानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार स’हभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जा’नकारी दिइएको थियो । जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली क’लाकारको प्रस्तुती राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जना’इएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्