बुढीगंगा गाउँपालिका अध्यक्षको लागि कांग्रेसबाट ७ जनाको दाबी, उपाध्यक्षमा ६ जना

टेकेन्द्र ओझा– मोरङ बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट ७ जनाले गाउँपालिका अध्यक्षको लागि उमेद्वारी दाबी गरेका छन् ।

कांग्रेस बुढीगंगा गाउँपालिका सभापति जित नारायण थापा साथै मधुसूदन चाैधरी , बालचन्द्र माझी ,प्रदिप विश्वास , सुबोध काेइराला, विरेन्द्र माझी, सन्तोष नेपाल लगायतले पालिका अध्यक्षको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

त्यस्तै उपाध्यक्ष पदको लागि राधा आचार्य, गेनावती चाैधरी ,अमृता गच्छदार ,रेखा चाैधरी,वविता चाैधरी र आशा माझीले आकांक्षा देखाएका छन् ।

धेरै जनाले उमेद्वार बन्न इच्छा देखाएकोले पार्टीकाे तर्फबाट पद सख्या बराबरको उमेद्वार चयन गर्न सकस देखिएको छ । धेरै जनाले उमेद्वार बन्न चाहना राखे पनि पार्टीको तर्फबाट पद संख्या बराबरको उमेद्वार बनाउन पालिका तहमै अन्तिमसम्म सहमतिको प्रयास गर्ने कांग्रेस बुढीगंगा गाउँपालिका सचिव रोशन न्यौपानेले बताए ।

यो पालिकामा अरु पार्टीको भन्दा कांग्रेसको पकड बलियो मानिन्छ । यो कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाको क्षेत्र पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्