मन्दिरका गहना चोरेर बाहिर निस्कन खोज्दा प्वालमा अड्किए पछि…

भनिन्छ नराम्रो क’र्मको फल नराम्रो हुन्छ । यो कुरा आन्ध्र प्रदेशमा सत्य साबित भयो । भारतको आन्ध्र प्रदेशमा एक व्य’क्तिले मन्दिरमा चोरी गर्ने योजना बनाएका थिए । उनले मन्दिरभित्र पसेर गहना समेत चोरे तर मन्दिरबाट बाहिर नि’स्कन सकेनन् ।

वास्तवमा, उनी म’न्दिरबाट बाहिर निस्कन खोज्दा अड्किएका हुन् । यो घटना राज्यको श्रीकाकुलमको जामी ये’ल्लम्मा मन्दिरको हो । पापा राव नामका व्यक्ति गहना चोर्न मन्दिरको झ्याल फुटाएर भित्र पसेका थिए । गहना चोरेपछि बाहिर निस्कन पर्खालमा प्वाल बनाए । तर, त्यो प्वालबाट बाहिर निस्कँ’दा उनी फसे ।

घण्टौं’सम्म उनी यसैमा फसे र कुनै बाटो नदेखेर सहयोगको याचना गर्न थाले । गाउँलेले त्यहाँ पुगेर घ’टना देखेपछि बाहिर निकालेर प्रहरीलाई बुझाएका हुन् । घण्टौं बितिसक्दा पनि बाहिर निस्कन नसकेपछि उनी रुन थाले र सहयोगको लागि मानिस’हरूलाई बोलाउन थालेका थिए ।

यो पनि,
पाकिस्ता’नका प्रधानमन्त्री इमरान खान ठूलो राजनीति संकट झेलिरहेका छन् । यो बीचमा उनकी श्रीमती बुशरा बी’बीकी साथी फराह खानको सम्पत्ति इ’मरान खानको सरकारको कार्यकालमा चार गुणा बढेको छ । सन् २०१७ मा, उनले आफ्नो सम्पत्ति २३ करोड १६ लाख पाकिस्तानी रुपैयाँ भएको भ’नेकी थिइन् ।

तर २०२१ मा बढेर ९७ करोड १० लाख पाकिस्तानी रुपैयाँ पुगेको छ । पाकिस्तानमा फराह खानलाई फरहात शह’जादी र फराह गुजरको नामले पनि चिनिन्छ । विपक्षीसँगै इमरान खानका नजिकका व्यक्तिहरूले पनि फराह खान’माथि प्रश्न उठाइरहेका छन् । इमरानका निकट सहयोगी अलीम खानले फराह खानमाथि भ्रष्टाचारको ग’म्भीर आ’रोप लगाएका हुन् ।

उनले फ’राह खानले पञ्जाब प्रान्तमा हरेक नियुक्ति र सरुवा बढुवाका लागि लाखौं रुपैयाँ लिने गरेको बताए । फराहले धेरै सह’रमा जग्गा किनेको र विभिन्न व्या’पारिक क्षेत्रमा लाखौं रुपैयाँ लगानी गरेको उनको दाबी छ ।

लाहोर र इस्ला’माबादमा खरिद गरिएका सम्पत्ति कागजातहरू अनुसार, फराह खानले २०१९ मा कर माफी योज’नाको फाइदा उठाएर कालो धनलाई सेतोमा परिणत गरिन् ।

योजना अन्त’र्गत ३२ करोड ८० लाख रुपैयाँ सम्पत्ति घोषणा गरिन् । कागजातमा फराह खानले लाहोर र इस्ला’माबादमा विलासी सम्पत्तिहरू किनेको पनि बताइएको छ । यसमा इस्लामाबादको विलासी क्षेत्रमा बनाइएको भिला पनि स’मावेश छ ।

सन् २०१७ मा फ’राहको सम्पत्ति २३ करोड १६ लाख ३५ हजार २९७ रुपैयाँ थियो । त्यसपछि अर्को वर्ष उनको सम्पत्ति ६९ करोड ९१ लाख ३७ हजार ८३९ रुपैयाँ भयो । उनले पाकि’स्तान बाहिर युएईमा फ्ल्याट लिएकी छिन् । त्यसको मूल्य १ करोड ५७ लाख ४९ हजार ४७९ रुपैयाँ बताइएको छ ।यसरी पाकि’स्तानमा र पाकिस्तान बाहिर उनको कुल सम्पत्ति ७१ करोड ४८ लाख ८७ हजार ३१८ रुपैयाँ भयो ।

सन् २०२० मा फ’राह खानको कुल सम्पत्ति ७४ करोड ३ लाख १६६ रुपैयाँ पुग्यो । दस्तावेजका अनुसार २०२१ मा उनको सम्प’त्ति ९७ करोड १८ लाख ६९ ह’जार १८७ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्